Thursday, November 13, 2025
12.1 C
Kathmandu
Homeप्रदेश विशेषजिल्ला प्रशासन कार्यालय गोरखाले हस्तलिखित सिफारिसको आधारमा नागरिकता प्रदान नगर्ने

जिल्ला प्रशासन कार्यालय गोरखाले हस्तलिखित सिफारिसको आधारमा नागरिकता प्रदान नगर्ने

गोरखा, बुधबार, ३२ असार २०८२ । आगामी साउन १ गतेदेखि हस्तलिखित सिफारिसको आधारमा नागरिकता नदिइने जिल्ला प्रशासन कार्यालय गोरखाले जनाएको छ । मंगलबार कार्यालयले एक सूचना जारी गर्दै साउन १ गतेबाट गृह मन्त्रालयले प्रयोगमा ल्याएको ‘सिसिआईएमएस प्रणाली’ बाहेक सिफारिस भई आएका नागरिकता जारी गर्न नसकिने जनाएको हो ।

‘सबै स्थानीय तहहरुको वडा स्तरबाट नै अनलाइन प्रणालीमार्फत नागरिकता सिफारिस गर्ने गरी गृहमन्त्रालयले सिसिआईएमएस प्रणाली लागु गरेको छ’, सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले भने, ‘गोरखामा पनि गत असार २ गतेबाट अनिवार्य रुपमा अनलाइन सिफारिस प्रणाली लागु भईसकेको छ तर, केही स्थानिय तहहरुबाट अझैँपनि हस्तलिखित सिफारिस आइरहेका छन् ।’

नयाँ आर्थिक वर्षबाट भने अनलाइन प्रणालीमार्फत आएका सिफारिस बाहेकको अन्य सिफारिसबाट नागरिकता नपाइने बरालले बताएका छन् । उनका अनुसार अनलाइन प्रणालीमार्फत नागरिकताको सिफारिस बनाउँदा सेवाग्राहीहरुको समयको बचत हुन्छ ।

यस्तै, नागरिकतामा त्रुटि हुने सम्भावना कम हुने र अभिलेख पनि व्यवस्थित रहने उनले जानकारी दिए । ‘सिसिआईएमएस प्रणाली गृह मन्त्रालयको सकारात्मक पहल हो । हामीले जिल्लाका सबै स्थानीय तहहरुलाई नागरिकताको सिफारिस अनिवार्य रुपमा अनलाइन प्रणालीमार्फत बनाउन र नेपाली कागजमा प्रिन्ट गरी पठाउन भनेका छौँ’, सहायक प्रजिअ बरालले भने ।

spot_img
spot_img
सम्बन्धित समाचारहरु
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Mauveine Tech-spot_img

धेरै पढिएको

spot_img
spot_img