Thursday, December 11, 2025
11.1 C
Kathmandu
spot_img
Homeमनोरञ्जनचलचित्र ‘जनै हराएको मान्छे’ को टिजर सार्वजनिक

चलचित्र ‘जनै हराएको मान्छे’ को टिजर सार्वजनिक

spot_img

काठमाडौँ, बिहीबार, १ साउन २०८२ । फिल्म ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’को टिजर सार्वजनिक गरिएको छ । सार्वजनिक फिल्मको टिजरमा सपना, संघर्ष, प्रेम र धोकाका विषयले प्राथमिकता पाएका छन् ।

टिजरमा फिल्मका मुख्य कलाकार विजय बरालको कोरिया सपना केन्द्रमा छ । कोरिया जान बुवालाई मनाउँदाको नोकझोक र काठमाडौँ पुगेपछि आफ्नै गाउँलेले गरेको ठगीको वरिपरि टिजर घुमेको छ । कोरिया जान्छु भनेर काठमाडौँ आएका विजय कसरी काठमाडौँमै अलमलमा पर्दा सपना पनि गन्तव्यहीन भइरहेको छ भन्ने टिजरमा देखाउन खोजिएको छ ।

सामान्य जानकारी समेत नलिई तय गरिएको गन्तव्यमा पुग्न कति कठिन छ भन्ने तथ्य टिजरले उजागर गरेको छ । परिवारको दुःख कटाउने सपना बोकेर हिँडेको पात्र कसरी आफैँ घनघोर दुःखको दुष्चक्रमा फसेको कथा फिल्मले उठाएको टिजरबाट अनुमान गर्न सकिन्छ । टिजरमा विजयसँगै केकी अधिकारी, मिरुना मगर, सुशांक मैनाली, भोलाराज सापकोटालाई समेत देख्न सकिन्छ ।

हिमाल न्यौपाने निर्देशित फिल्म आगामी भदौ ६ गतेबाट सार्वजनिक प्रदर्शनमा आउँदैछ । फिल्ममा विजय, केकी, मिरुना, भोलाराज र सुशांकसँग रियर राई, भावना खपांगी मगर, रुपेश लामा, सुमन थापालगायतको अभिनय छ ।पेपरक्लिपको ब्यानरमा निर्माण भएको फिल्मका निर्माता कमल न्यौपाने र विमल न्यौपाने हुन् । कार्यकारी निर्मातामा नारायण तिमिसिना, चुडामणि सिवाकोटी, आरके मानन्धर, सिआर बस्नेत, फिलिप डिसी र जेम्स महाराजन रहेका छन् । फिल्मको कथा, पटकथा र संवाद भानुभक्त ढकालले लेखेका हुन् । थानेश्वर गौतम, अर्जुन पोखरेल, एसडी योगी र प्रशान्त सिवाकोटीको संगीत फिल्ममा छ ।

नवीन गुरुङको डीओपी र कृष्ण परियारको सिनेमेटोग्राफी रहेको फिल्ममा सुनील क्षेत्रीको कोरियोग्राफी, चुल्ठे काजीको एक्सन छ ।

spot_img
सम्बन्धित समाचारहरु
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Mauveine Tech-spot_img

धेरै पढिएको

spot_img
spot_img