Thursday, November 13, 2025
12.1 C
Kathmandu
Homeप्रवासयूएईको जेलमा रहेका १२० नेपालीलाई आममाफी

यूएईको जेलमा रहेका १२० नेपालीलाई आममाफी

काठमाडौँ, बिहीबार, १ साउन २०८२ । संयुक्त अरब इमिरेट्स (यूएई) सरकारले १२० नेपालीलाई आममाफी दिएको छ । विभिन्न कसुरमा यूएईको जेलमा रहेका नेपालीहरूलाई आममाफी दिएको यूएईको आवुधावीस्थित नेपाली राजदूतावासले जनाएको छ ।

ईस्लाम धर्मालम्बीहरूको महान पर्व ईद अल–अदाहका अवसरमा यूएई सरकारले बाँकी सजाय मिनाहा गरी आममाफी दिएको हो ।

“ईस्लाम धर्मालम्बीहरूको महान पर्व ईद अल–अदाहका अवसरमा संयुक्त अरब इमिरेट्स सरकारले विभिन्न कसुरहरूमा यूएईको जेलमा रहेका १२० नेपालीहरूलाई बाँकी सजाय मिनाहा गरी आममाफी गरेकोमा नेपाली राजदूतावास, आवुधावी संयुक्त अरब इमिरेट्स सरकारप्रति हार्दिक आभार तथा कृतज्ञता व्यक्त गर्दछ,” राजदूतावासले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

spot_img
spot_img
सम्बन्धित समाचारहरु
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Mauveine Tech-spot_img

धेरै पढिएको

spot_img
spot_img