Thursday, December 11, 2025
11.1 C
Kathmandu
spot_img
Homeपालिका विशेषगोरखाको भिमसेनथापा गाउँपालिकाले हरेक महिना पशु स्वास्थ्य घुम्ती शिविर गर्ने

गोरखाको भिमसेनथापा गाउँपालिकाले हरेक महिना पशु स्वास्थ्य घुम्ती शिविर गर्ने

spot_img

गोरखा, शनिबार, ३ साउन २०८२ । गोरखाको भिमसेनथापा गाउँपालिकाले हरेक महिना प्रत्येक वडामा “पशु स्वास्थ्य घुम्ती शिविर तथा गाउँ टोल घर–घरमा पशु प्राविधिक सेवा” कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

गाउँपालिकाले चालु आर्थिक वर्ष २०८२÷०८२ को स्वीकृत वार्षिक कार्यक्रम अन्तर्गत पशु सेवा शाखा पशुप्राविधिकलाई किसानको घरगोठमा पु¥याउने योजनासहित पशुु स्वास्थ्य घुम्ती शिविर सञ्चालन गर्न लागेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चित्रबहादुर अधिकारीले जानकारी दिनुभयो ।

कार्यक्रमअन्तर्गत विभिन्न वडामा निःशुल्क पशु बीमा, गोबर परिक्षण, थुनेलो परीक्षण लगायत आवश्यक परामर्श र उपचार सेवा उपलब्ध गराइने उहाँले बताउनुभयो । जस अन्र्तगत वडा नम्बर १ मा प्रत्येक महिनको १ गते, वडा नम्बर २ मा प्रत्येक महिनाको २ गते, वडा नम्बर ३ मा प्रत्येक महिनाको ३ गते, वडा नम्बर ४ मा प्रत्येक महिनाको ४ गते शिविर सञ्चालन हुनेछ ।

त्यस्तै वडा नम्बर ५ मा प्रत्येक महिनाको ५ गते, वडा नम्बर ६ मा प्रत्येक महिनाको ६ गते, वडा नम्बर ७ मा प्रत्येक महिनाको ७ गते र वडा नम्बर ८ मा प्रत्येक महिनाको ८ गते शिविर सञ्चालन हुनेछ । कार्यक्रमबाट पशुपालन व्यवसायलाई अझ व्यवस्थित र व्यवसायिक बनाउन सहयोग पुग्ने गाउँपालिकाका अध्यक्ष लोकप्रसाद बन्जराले बताउनुभयो ।

spot_img
सम्बन्धित समाचारहरु
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Mauveine Tech-spot_img

धेरै पढिएको

spot_img
spot_img