Thursday, January 15, 2026
5.1 C
Kathmandu
spot_img
Homeराजनीतिआज एमाले केन्द्रीय कमिटी बैठक सकिँदै, पूर्वराष्ट्रपति भण्डारीबारे निर्णय के होला

आज एमाले केन्द्रीय कमिटी बैठक सकिँदै, पूर्वराष्ट्रपति भण्डारीबारे निर्णय के होला

spot_img

काठमाडौँ, मंगलबार, ६ साउन २०८२ । नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक आज पनि बस्ने छ । हिजोबाट सुरु भएको केन्द्रीय कमिटी बैठक आज सक्ने तयारी छ ।

पार्टी केन्द्रीय कार्यालय च्यासलमा सोमबारदेखि सुरु भएको बैठकमा केन्द्रीय सदस्यहरूले आआफ्नो धारणा राखिरहेका छन् । बैठकमा प्रत्येक केन्द्रीय सदस्यलाई तीन/तीन मिनेट बोल्ने समय दिइएको छ ।

सोमबारको बैठकमा बोल्ने अधिकांश केन्द्रीय सदस्यहरूले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको बारेमा राजनीतिक निर्णय गर्नुपर्ने धारणा राखेका छन् । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी प्रवेशको विषयलाई केन्द्रीय सदस्यहरूले प्राथमिकता दिँदै यही बैठकबाट निर्णय लिन पार्टी नेतृत्वलाई दबाब दिएका छन् ।

पार्टी केन्द्रीय सदस्यहरूले सचिवालय र पोलिटब्युरो बैठकका प्रस्तावहरूमा सहमति जनाएका छन् । बैठकमा उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेलले विधान संशोधन र सांगठनिक राजनीतिक प्रस्ताव प्रस्तुत गरेका गरेका थिए ।

त्यसपछि केन्द्रीय सदस्यहरूलाई छलफलका लागि बोल्न समय दिइएकोमा गण्डकी, मधेस र उपत्यका कार्यक्षेत्र भएका केन्द्रीय सदस्यहरूले बोलेका थिए ।

spot_img
सम्बन्धित समाचारहरु
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Mauveine Tech-spot_img

धेरै पढिएको

spot_img
spot_img