Tuesday, November 18, 2025
12.1 C
Kathmandu
Homeपालिका विशेषभच्चेक आधारभूत अस्पतालमा टेलिमेडिसिन सेवा सुरु

भच्चेक आधारभूत अस्पतालमा टेलिमेडिसिन सेवा सुरु

गोरखा, बुधबार, ७ साउन २०८२ । अजिरकोट गाउँपालिकास्थित भच्चेक आधारभूत अस्पतालमा टेलिमेडिसिन सेवा सुरु गरिने भएको छ । ग्रामिण तथा दुर्गम क्षेत्रका बिरामीलाई सहज स्वास्थ्य उपचार सेवा पुर्याउन अस्पतालबाट टेलिमेडिसिन सेवा सञ्चालनमा ल्याउन लागिएको गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख सुरेश दुवाडीले जानकारी दिनुभयो ।

सेवा सञ्चालनका लागि अस्पतालले लम्जुङस्थित प्रदेश अस्पताल बेशीशहरसंग आइतबार सम्झौता गरेको छ । सम्झौता अनुसार अवदेखि भच्चेक आधारभूत अस्पतालबाट दैनिक रुपमा टेलिमेडिसिन सेवा उपलब्ध हुने उहाँले बताउनु भयो । उहाँका अनुसार प्रदेश अस्पताल बेशीशहरले हरेक दिन विहान १० बजेदेखि साँझ ५ बजेसम्म र अत्यावश्यक अवस्थामा २४ सै घण्टा भच्चेक आधारभूत अस्पताललाई टेलिमेडिसिन सेवा प्रदान गर्नेछ ।

टेलिमेडिसिन सेवा सञ्चालन गर्दा विशेषज्ञ टेलिकन्सल्टेशनका लागि आवश्यक प्राविधिक उपकरण र इन्टरनेटको व्यवस्था गरि तत्काल सेवा सञ्चालनमा ल्याइने प्रमुख दुवाडीको उहाँको भनाई छ । ‘‘टेलिमेडिसिन सेवा सञ्चालनमा ल्याइएपछि भच्चेक आधारभूत अस्पतालबाट विरामीहरुले अडियो तथा भिजिअल माध्यमबाट विशेषज्ञ चिकित्सकबाट उपचार सेवा पाउनेछन्’’

दुर्गम क्षेत्रका नागरिकलाई छिटो, छरितो र गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न टेलिमेडिसिन सेवा प्रभावकारी हुने गाउँपालिकाका अध्यक्ष दीपक देवकोटाले बताउनु भयो ।

spot_img
सम्बन्धित समाचारहरु
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Mauveine Tech-spot_img

धेरै पढिएको

spot_img
spot_img