Thursday, November 13, 2025
12.1 C
Kathmandu
Homeराष्ट्रियसामाजिक सुरक्षामा आबद्धता २४ लाख नजिक, १५ अर्ब दाबी भुक्तानी

सामाजिक सुरक्षामा आबद्धता २४ लाख नजिक, १५ अर्ब दाबी भुक्तानी

काठमाडौँ, बिहीबार, ८ साउन २०८२ । सामाजिक सुरक्षा योजना कोषमा सूचीकृत हुने श्रमिकको संख्या २३ लाख ७४ हजार चार सय ८६ पुगेको छ । कोषद्वारा बुधबार आयोजित पत्रकार सम्मेलनमा कोषका प्रवक्ता कृष्णप्रसाद अधिकारीले गत आर्थिक वर्ष २०८१/८२ मा मात्रै आठ लाख ८२ हजार नौ सय ४६ नयाँ श्रमिक सूचीकृत भएको बताउनुभयो ।

उहाँका अनुसार हालसम्म २० हजार नौ सय ५१ रोजगारदाता संस्था कोषमा आबद्ध भइसकेका छन् । जसमध्ये औपचारिकतर्फ छ लाख एक हजार ८ सय २५, वैदेशिक क्षेत्रतर्फ १७ लाख ७१ हजार पाँच सय ३७, अनौपचारिक र स्वरोजगार क्षेत्रतर्फका श्रमिक एक हजार एक सय २४ रहेको छ ।

कोषको सेवा प्रवाहलाई व्यवस्थित र प्रभावकारी बनाउन थप २४ वटासहित कुल एक सय सात स्वास्थ्य संस्थासँग स्वचालित प्रणाली जडान भई सेवा प्रवाह भइरहेको कोषले जनाएको छ । कोषले वैदेशिक रोजगारी/स्वरोजगारीमा रहेका व्यक्तिहरूको कोषमा योगदान रकम संकलन कार्य थप सहज बनाउन १२ वटा वित्तीय संस्थासँग आवश्यक सहकार्यका लागि सम्झौता गरेको छ ।

औपचारिक क्षेत्रका श्रमिकका लागि सामाजिक सुरक्षा योजना सञ्चालन कार्यविधिको संशोधन स्वीकृत भई योगदानकर्ताको परिवारमा स्वास्थ्य सेवा विस्तार र कार्यान्वयनमा आइसकेको पनि कोषले जनाएको छ ।

कोषका अनुसार गत आर्थिक वर्षमा २५ अर्ब ३६ करोड रुपैयाँ योगदान रकम संकलन भई कुल योगदान रकम ८३ अर्ब ६५ करोड रुपैयाँ पुगेको छ । सामाजिक सुरक्षा योजनामार्फत् एक लाख १० हजार छ सय ९६ जनालाई औषधि उपचार, पाँच हजार नौ सय ३३ जनालाई दुर्घटना तथा अशक्तता, सात सय ४५ जनालाई आश्रित परिवार र एक लाख १२ हजार आठ सय ६८ जनालाई वृद्ध अवस्था सुरक्षा योजनामार्फत् कुल १५ अर्ब ७५ करोड बराबरको दाबी भुक्तानी भइसकेको छ ।

spot_img
spot_img
सम्बन्धित समाचारहरु
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Mauveine Tech-spot_img

धेरै पढिएको

spot_img
spot_img