Tuesday, November 18, 2025
12.1 C
Kathmandu
Homeराजनीतिपार्टी निर्माणमा सहभागी हुन एमाले कार्यकर्तासमक्ष विधा भण्डारीको आब्हान

पार्टी निर्माणमा सहभागी हुन एमाले कार्यकर्तासमक्ष विधा भण्डारीको आब्हान

काठमाडौँ, शुक्रबार, ९ साउन २०८२ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमालेले पार्टी सदस्यता नविकरण गरिसकेको बिषय अनावश्यक बिबादमा ल्याएको बताएकी छिन् ।

आज काठमाडौंमा पत्रकार सम्मेलन गर्दै हालै बसेको आफ्ना बारेमा एमाले केन्द्रिय समितिले गरेको निर्णय ‘अपरिपक्व’ भएको भन्दै नेतृत्वको कुनै लालसा नभएको पनि बताएकी छिन् । ‘मेरो पार्टी सदस्यता नवीकरण भइसकेकाले यसलाई विवादमा पार्नुपर्न विषय नै होइन, मैले बोलेको पनि थिइन, सञ्चारमाध्यममा ल्याइए पछि यो कुरा बोल्न बाध्य भएको हुँ’ उनले भनिन् ।

एमालेको सदस्यको रूपमा ४५ वर्ष देखी काम गरिरहेको जनाउँदै उनले फेरी पार्टी प्रति प्रतिबद्द भएको जानकारी दिइन । ‘त्यसैले पार्टीप्रतिको आशा र सिद्धान्त र राष्ट्रप्रति कटिबद्ध हुँदाहुँदै मलाई पार्टी सदस्यताबाट बञ्चित गर्न कदापि पनि मिल्दैन,’ उनले भनिन् ।

‘म सबै साथीहरूलाई पार्टीका मूल्यहरूलाई आत्मसात् गर्दै पार्टी निर्माणमा सक्रिय हुनका लागि आग्रह गर्दछु,’ उनले भनिन्, ‘पार्टी बनाउन म र मजस्ता हजारौंको हात छ ।’

spot_img
सम्बन्धित समाचारहरु
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Mauveine Tech-spot_img

धेरै पढिएको

spot_img
spot_img