काठमाडौँ, शनिबार, १० साउन २०८२ । आर्टिस्ट अफ नेपालको प्रस्तुतिमा आयोजना हुन लागेको ‘म्युजिक खबर तिज म्युजिक अवार्ड’को चौथो संस्करणको आवेदन खुला गरिएको छ ।
शुभकामना मिडिया सोलुसनले आयोजना गर्दै आएको अवार्डमा विभिन्न २५ विधाका स्रष्टा र सिर्जना सहभागी हुनेछन् । आयोजक समितिकी अध्यक्ष सबिता पोखरेलका अनुसार पहिलो वर्ष शिवशक्ति तिज म्युजिक अवार्डको नामले स्थापित भएको यो अवार्ड दोस्रो वर्षबाट भने अनलाइन मिडिया म्युजिक खबरले ब्रान्डिङ गरेको छ । ‘अवार्डमा विभिन्न २२ विधामा स्रष्टालाई पुरस्कृत गर्ने छौँ । यसबाहेक ३ नारीलाई ‘त्रिदेवी संगीत सम्मान’ले सम्मान गर्ने छौँ,’ उनले भनिन् ।
आगामी ५ भदौमा राजधानीमा हुने अवार्डका लागि ३१ साउनसम्म आफ्ना सिर्जना सहभागी गराउन पाउने प्रावधान आयोजकले राखेका छन् ।
अवार्डमा ‘सर्वोत्कृष्ट तिज दोहोरी गीत मिक्सिङ’, ‘सर्वोत्कृष्ट तिज दोहोरी गीत संगीत संयोजक’, ‘सर्वोत्कृष्ट तिज गीत नवप्रतिभा’, ‘सर्वोत्कृष्ट तिज दोहोरी गीत शब्द’, ‘सर्वोत्कृष्ट तिज दोहोरी गीत संगीत’, ‘सर्वोत्कृष्ट तिज दोहोरी गीत गायक’, ‘सर्वोत्कृष्ट तिज दोहोरी गीत गायिका’, ‘सर्वोत्कृष्ट तिज दोहोरी गीत’, ‘सर्वोत्कृष्ट तिज गीत भिडियो मोडल महिला’, ‘सर्वोत्कृष्ट तिज गीत भिडियो मोडल पुरुष’, ‘सर्वोत्कृष्ट तिज गीत भिडियो शृंगार’, ‘सर्वोत्कृष्ट तिज गीत भिडियो छायाकार’, ‘सर्वोत्कृष्ट तिज गीत भिडियो सम्पादक’, ‘सर्वोत्कृष्ट तिज गीत भिडियो कोरियोग्राफर’ विधा छन् ।
त्यस्तै ‘सर्वोत्कृष्ट तिज गीत भिडियो निर्देशक’, ‘सर्वोत्कृष्ट मौलिक तिज गीत मिक्सिङ’, ‘सर्वोत्कृष्ट मौलिक तिज गीत संगीत संयोजन’, ‘सर्वोत्कृष्ट तिज गीत मौलिक शब्द’, ‘सर्वोत्कृष्ट तिज गीत मौलिक संगीत’, ‘सर्वोत्कृष्ट तिज गीत मौलिक गायिका’, ‘सर्वोत्कृष्ट मौलिक तिज गीत’ र ‘सर्वोत्कृष्ट डायस्पोरा गीत’ विधा पनि छन् ।









