इजरायल, आइतबार, ११ साउन २०८२ । गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् इजरायलको अध्यक्षका लागि अली महम्मद मियाँले उम्मेदवारी घोषणा गरेका छन् ।
सन् २०२५–२०२७ कार्यकालको निर्वाचनका लागि वर्तमान महासचिव समेत रहेका मियाँले अध्यक्ष पदमा आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् । उनले इजरायलमा रहेका नेपाली समुदायको हकहितमा काम गर्ने प्रतिबद्धता सहित उम्मेदवारी प्रस्तुत गरेका हुन् ।
उम्मेदवारी घोषणा गर्दै मियाँले आफू पदका लागिमात्र नभई इजरायलमा रहेका नेपालीको सुखदुःख, पीडा र समस्या समन्वय गरी समाधान गर्न प्रतिबद्ध रहेको बताएका छन् । ‘संस्थाको विधान एवं लक्ष्य अनुसार, इमानदारीता, नैतिकता, एकता, पारदर्शिता, रूपान्तरण, सक्षम र सबल नेतृत्वको पहिचानमा म योग्य छु,’ उनले आफ्नो घोषणापत्रमा उल्लेख गरेका छन् ।
विगतमा संघको सचिव र महासचिवको भूमिका निर्वाह गरिसकेका मियाँले आफ्नो अनुभवलाई संस्था सुधारमा लगाउने वाचा गरेका छन् ।
‘मेरो कार्य अवधिमा संस्थाभित्र रहेका हरेक किसिमका विकृति, विसंगति र अनिमियता विरुद्ध अबको दिनमा नेतृत्वमा आएर सुधार्ने वाचा र कसम खाएको छु,’ उनले भने ।
मियाँले नेपाली दूतावास। इजरायलमा रहेका सम्पूर्ण संघसंस्था एवं नेपाली समुदायसँग सहकार्य र सम्मानपूर्ण व्यवहारलाई आफ्नो दायित्व सम्झने बताएका छन् । साथै, युरोप क्षेत्र एवं अन्तर्राष्ट्रिय समितिसँग सकारात्मक सम्बन्ध स्थापित गर्दै ‘अवलोकन भ्रमण’ तथा नेपालीको हितमा रचनात्मक अनलाइन कार्यक्रमहरू सञ्चालन गर्ने योजना अघि सारेका छन् ।
उनले जीटुजी, कृषि र होम केयर गिभर लगायत सबै नेपाली कामदारको पेसागत तथा कानुनी समस्या समाधानका लागि समन्वय गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । यसका साथै समय–समयमा अवलोकन भ्रमण, खेलकुद, कला तथा सांस्कृतिक कार्यक्रम र चाडपर्व विशेष कार्यक्रम आयोजना गर्ने उनले बताए ।
उनी २०१९–२०२१ र २०२१–२०२३ मा सचिव तथा २०२३–२०२५ मा महासचिवका रूपमा काम गरेका थिए । अग्रजहरूको राम्रो कामलाई सम्मान गर्दै, उनीहरूको साथ, सुझाव र विश्वास लिएर एनआरएनए–इजरायललाई अझ प्रभावकारी, उत्तरदायी र सबै नेपालीको साझा संस्था बनाउने दृढ संकल्पसाथ अगाडि बढेको उनले बताए ।
यसपटकको एन सि सि इजरायलको चुनाव ! अलि महम्मद मियाँ लाई भोट किन ?
हाम्रोलाइ होइन जान्नेलाइ छान्ने तपाइको हातमा छ ।
बिगतलाइ हेर्दै बर्तमान रोज्ने तपाइकै भोटमा छ ।
निस्वार्थ सेवा तपाइकै लागि सस्थामा ल्याउदैछु ।
सबैको साझा नेतृत्व छान्ने अधिकार तपाइकै हातमा छ ।।
गैर आवासीय नेपाली संघ इजरायलको 2025-2027 कार्याकालको “अध्यक्ष” पदका लागि मेरो उम्मेदवारी किन ?
- कुनै पदको नामका लागि दोहोरिने र बोलेर समय बिताउने होइन, इजरायलमा रहेका नेपालीहरुको सुख दुख, पिडा, समस्याहरुको समन्वय गरी समाधान गर्न प्रतिबद्ध छु ।
- संस्थाको विधान एवं लक्ष्य अनुसार, इमानदारीता, नैतिकता, एकता, पारदर्शिता, रुपान्तरण, सक्षम र सबल नेतृत्वको पहिचानमा म योग्य छु ।
- नेपाली दुतावास ,इजरायलमा रहेका सम्पूर्ण संघसंस्था एवं नेपाली समूदायप्रति सहकार्य एवं सम्मानपूर्ण व्यवहार मेरो दायित्व बुझेको छु ।
- युरोप क्षेत्र एवं अन्तर्राष्ट्रिय समितिसंग सम्पर्क र सकरात्मक सम्बन्ध स्थापित गर्दै “अवलोकन भ्रमण “,नेपालीको हितमा रचनात्मक अनलाइन कार्यक्रमहरु गर्न तत्पर छु ।
- G2G , Farming , Home caregiver लगायत सबै नेपाली कामदारहरुको पेशागत समस्या एवं कानुनी समाधानका लागि समन्वयका साथै समय समयमा अवलोकन भ्रमण, खेलकुद कार्यक्रम, कला प्रस्तुति सांस्कृतिक कार्यक्रम र चाडपर्व विशेष कार्यक्रम गर्न प्रतिबद्ध छु ।
-अग्रजहरुलाई सम्मान गर्दछु ।
त्यसैले, म तपाईहरुको साथ, सुझाव र विश्वास लिएर एनआरएनए – इजरायललाई अझ प्रभावकारी ,उत्तरदायी र सबै नेपालीहरुको साझा संस्था बनाउने दृढ संकल्प साथ अगाडी बढेको छु ।
उमेद्वार मियाँका अनुभव
गैर आवासीय नेपाली संघ इजरायलमा
2019- 2021 कार्यकाल सचिव
2021- 2023 कार्यकाल सचिव
2023- 2025 कार्यकाल महासचिव
मेरो कार्य अवधि भित्र संस्थाभित्र रहेको हरेक किसिमका बिकृतिहरु ,विसंगति र अनियमित लाई म नेतृत्वमा आएर सुधार्ने बाचा र कसम खाएको छु ।
सस्थाको नीति नियम र विधान बिपरित कार्य गर्न खोज्ने जो कोहि पनि सजायको भागीदार बन्नु पर्छ । कानुन किताबमा होइन हाम्रो इमान्दारिता ,कार्य कुशलता र व्यबहारमा हुन्छ ।
हजुर हरुको अमूल्य सुझाव ,सल्लाहको सदैव आशा गर्दछु ।
अलि महम्मद मियाँ
अध्यक्ष पदको उम्मेदवार (2025-2027 )
एनआरएनए- एनसीसी इजरायल ।







