Tuesday, November 18, 2025
12.1 C
Kathmandu
Homeप्रदेश विशेषआ.ब २०८१/०८२ मा जि प्र का गोरखाद्धारा १३ करोड राजश्व सङ्कलन

आ.ब २०८१/०८२ मा जि प्र का गोरखाद्धारा १३ करोड राजश्व सङ्कलन

गोरखा, बुधबार, १४ साउन २०८२ । जिल्ला प्रशासन कार्यालय गोरखाले गएको आर्थिक बर्षमा १३ करोडभन्दा बढी राजश्व आम्दानी गर्न सफल भएको छ । कार्यालयले विभिन्न ६ शिर्षकमा १३ करोड २५ लाख २४ हजार ४० रुपैयाँ राजश्व आम्दानी गरेको प्रमुख जिल्ला अधिकारी रामु राज कडरियाँले जानकारी दिनुभयो । सबैभन्दा धेरै राजश्व राहदानी शुल्कबाट आम्दानी भएको छ ।

प्रशासनले राहदानीबाट मात्रै १३ करोड १६ लाख ४१ हजार ५०० रुपैयाँ आम्दानी गरेको उहाँले बताउनुभयो । कार्यालयले गत आर्थिक बर्षमा ९ हजार ७९८ जनाको ई–पासर्पोट फारम संकलन गरेको थियो भने ११ हजार ८२ जनालाई ई–पासर्पोट बितरण गरेको थियो । कार्यालयले सोही अवधिमा ३४० जनालाई एमआरपी समेत बितरण भएको थियो । तिनै शिर्षकमा गरी कुल २१ हजार २२० जनाको पासर्पोटको काम हुदा ठुलो मात्रमा राजश्व संकलन भएको जिल्ला प्रशासन कार्यालय गोरखाले जनाएको छ । कार्यालयले दोस्रो ठुलो आम्दानी प्रशासनीक सेवा शुल्कबाट पाएको छ ।

सोही अवधिमा कार्यालयले उक्त कामबाट १४ लाख २६ हजार ४५० रुपैयाँ राजश्व वापतको शुल्क उठाएको छ । कार्यालयले हालै सार्वजनिक गरेको तथ्यांक अनुसार हातहतियार नविकरण दस्तुर बापत ४ लाख ५२ हजार ५००, न्यायिक दण्ड जरिवाना र जफतबाट २ लाख ३८ हजार ६४० रुपैयाँ, परिक्षा शुल्कबाट १ लाख ५१ हजार ४०० र प्रशासनीक दण्ड, जरिवाना र जफतबाट ४० हजार राजश्व संकलन गरेको प्रमुख जिल्ला अधिकारी कडरियाले जानकारी दिनुभयो ।

आर्थिक बर्षको सोही अवधिमा प्रशासनले धरौटी तर्फ ७२ लाख ७१ हजार २२ रुपैयाँ लिएकोमा ४० हजार २५८ रुपैयाँ फिर्ता भएको छ भने १५ हजार धरौटी सदरस्याहा भएर कुल ७२ लाख १५ हजार ७६४ रुपैयाँ बाँकी धरौटी रहेको पनि जिल्ला प्रशासन कार्यालयको लेखा शाखाले जनाएको छ ।

spot_img
सम्बन्धित समाचारहरु
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Mauveine Tech-spot_img

धेरै पढिएको

spot_img
spot_img