Tuesday, November 18, 2025
12.1 C
Kathmandu
Homeमनोरञ्जननाचघरमा १४ वटा मौलिक तीजगीत सार्वजनिक

नाचघरमा १४ वटा मौलिक तीजगीत सार्वजनिक

काठमाडौँ, शुक्रबार, १६ साउन २०८२ । राष्ट्रिय लोक सञ्चारकर्मी नेपालको आयोजनामा १४ वटा मौलिक तीज गीत सार्वजनिक गरिएको छ । राष्ट्रिय नाचघर जमलको हलमा आयोजित सामूहिक तीज गीत विमोचन समारोहमा एकैचोटी १४ गीतको पोस्टर र भिडिओ विमोचन गरिएको हो ।

कार्यक्रमका सभापति राष्ट्रिय लोक सञ्चारकर्मी नेपालका अध्यक्ष चन्द्रमणि गौतम, संस्थापक अध्यक्ष गोविन्द गिरी, प्रमुख अतिथि सांसद सोविता गौतमको साथमा अतिथि कलाकारहरू गायक राजु परियार, घमेश दुलाल, बद्री पङ्गेनी, प्रकाश कटुवाल, गायिका लक्ष्मी न्यौपाने, शर्मिला गुरुङ, सीता थापा, टिका पुन, मञ्जु थापाले सामूहिक विमोचन गरेका हुन् ।

विमोचन हुने गीतहरूमा भगवान् भण्डारीको ‘धनमाया मनमाया’, विशाल महरको ‘तीज मनाउँछौँ’, भीमसेन खतिवडाको ‘यो तीजमा भाइरल हुनी हो’ , भिमकुमार ओझाको ‘नौगेडी’,कस्तुप पन्तको ‘पापी तीज भाग – २, सचिन भट्टराईको ‘जय जय शिव भोला’, खुश्बु सुनारको ए आमा ु, यामप्रसाद निहुरेको चोली फाटेको, गोविन्द पौडेलको माछा मासु केहि खाँदिन , मुना सुवेदीको मेरो त देशै माइती भयो , माया पार्दे को चाहिँदैन रानी हार , मदन ढकालको माइतीको दैलो , विजय अनुरागी ए मैयाँ, सन्जु न्यौपानेको निलो आकाशैमा बादलु रहेका छन् ।

प्रमुख अतिथि सांसद गौतमले गीत सङ्गीतमा विकृति, विसङ्गति बढ्नु चिन्ता जनक विषय भएको भन्दै नेपालको मौलिकता देखाउने काम नै गीत सङ्गीतले गर्ने भएकाले सम्पूर्ण सर्जकलाई मौलिकतामा ध्यान दिन आग्रह गरिन् ।

सभापति संस्थाका अध्यक्ष चन्द्रमणि गौतमले राष्ट्रिय लोक सञ्चारकर्मी नेपालले मौलिक गीत निर्माण गर्ने कलाकर्मीलाई थप हौसला प्रदान गर्न का लागी गीत छनोट गरेर १४ मौलिक तीज गीतलाई सामूहिक विमोचन गरिएको बताए ।

spot_img
सम्बन्धित समाचारहरु
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Mauveine Tech-spot_img

धेरै पढिएको

spot_img
spot_img