Wednesday, January 14, 2026
8.1 C
Kathmandu
spot_img
Homeपालिका विशेषसाउन १६ गते सिरानचोक गाउँपालिकामा अमरसिहं थापा स्मृति दिवसमा सार्वजनिक विदा

साउन १६ गते सिरानचोक गाउँपालिकामा अमरसिहं थापा स्मृति दिवसमा सार्वजनिक विदा

spot_img

राष्ट्रिय विभूति अमरसिँह थापाको जन्मस्थल सिरानचोक गाउँपालिकाले शुक्रबार सार्वजनिक बिदा घोषणा गरेको छ । बिहिबार सार्वजनिक सूचना जारी गरी सो गाउँपालिकाले २०९ औं अमरसिँह स्मृति दिवसको उपलक्ष्यमा सार्वजनिक विदा दिइएको जनाएको छ । रास्ट्रिय बिभुति अमरसिहं थापाको स्मृति दिवसको अवसरमा हरेक वर्ष साउन १६ गतेका दिन बिदा दिने गरेको छ ।

‘राष्ट्रिय विभूति अमरसिहं थापा गोरखा सिरानचोक गाउँपालिका वडा नं. ६ मा जन्मनु भएको हो । हरेक बर्षको साउन १६ गते सार्वजनिक विदा गरी अमरसिँह थापा स्मृति दिवस मनाउने निर्णय भएको छ ।

नेपाल एकीकरणका नायक पृथ्वीनारायण शाहका सेनाका सेनापतिको रुपमा रहेर अमरसिँह थापाले सिरानचोक, लम्जुङ हुदै पाल्पालगायतका बाइसीचौबिसी राज्य एकीकरण गरेको इतिहासमा उल्लेख छ । लम्जुङका सैन्य कमाण्डर भक्ति थापालाई समेत गोरखाली सेनामा समेटेर उनले नेपाली एकीकरण अभियान सफल पारेका इतिहासमा उल्लेख छ । निवर्तमान गाउँपालिका अध्यक्ष राजु गुरुङको कार्यकालदेखि थापाको सम्मान र सम्झनामा अमरसिहं थापाको स्मृति दिवसको अवसरमा सिरानचोक गाउँपालिकामा सार्वजनिक विदा दिदै आएको हो ।

तत्कालीन गोरखा राज्यको रक्षा किल्ला सिरानचोक कोटमा वि.सं. १८३८ मा चौविसे राज्यहरूसँग लडाइँमा सौर्य र रणकौशलको प्रदर्शन गर्न सफल र नेपाल एकीकरणमा अमरसिंहको भूमिका रहेको गाउँपालिकाले जनाएको छ ।

उहाँको मृत्यू १८३८ को जनैपुर्नेको दिनमा गोसाइँकुण्डमा भएको हो ।

spot_img
सम्बन्धित समाचारहरु
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Mauveine Tech-spot_img

धेरै पढिएको

spot_img
spot_img