Thursday, November 13, 2025
12.1 C
Kathmandu
Homeपालिका विशेषसाउन १६ गते सिरानचोक गाउँपालिकामा अमरसिहं थापा स्मृति दिवसमा सार्वजनिक विदा

साउन १६ गते सिरानचोक गाउँपालिकामा अमरसिहं थापा स्मृति दिवसमा सार्वजनिक विदा

राष्ट्रिय विभूति अमरसिँह थापाको जन्मस्थल सिरानचोक गाउँपालिकाले शुक्रबार सार्वजनिक बिदा घोषणा गरेको छ । बिहिबार सार्वजनिक सूचना जारी गरी सो गाउँपालिकाले २०९ औं अमरसिँह स्मृति दिवसको उपलक्ष्यमा सार्वजनिक विदा दिइएको जनाएको छ । रास्ट्रिय बिभुति अमरसिहं थापाको स्मृति दिवसको अवसरमा हरेक वर्ष साउन १६ गतेका दिन बिदा दिने गरेको छ ।

‘राष्ट्रिय विभूति अमरसिहं थापा गोरखा सिरानचोक गाउँपालिका वडा नं. ६ मा जन्मनु भएको हो । हरेक बर्षको साउन १६ गते सार्वजनिक विदा गरी अमरसिँह थापा स्मृति दिवस मनाउने निर्णय भएको छ ।

नेपाल एकीकरणका नायक पृथ्वीनारायण शाहका सेनाका सेनापतिको रुपमा रहेर अमरसिँह थापाले सिरानचोक, लम्जुङ हुदै पाल्पालगायतका बाइसीचौबिसी राज्य एकीकरण गरेको इतिहासमा उल्लेख छ । लम्जुङका सैन्य कमाण्डर भक्ति थापालाई समेत गोरखाली सेनामा समेटेर उनले नेपाली एकीकरण अभियान सफल पारेका इतिहासमा उल्लेख छ । निवर्तमान गाउँपालिका अध्यक्ष राजु गुरुङको कार्यकालदेखि थापाको सम्मान र सम्झनामा अमरसिहं थापाको स्मृति दिवसको अवसरमा सिरानचोक गाउँपालिकामा सार्वजनिक विदा दिदै आएको हो ।

तत्कालीन गोरखा राज्यको रक्षा किल्ला सिरानचोक कोटमा वि.सं. १८३८ मा चौविसे राज्यहरूसँग लडाइँमा सौर्य र रणकौशलको प्रदर्शन गर्न सफल र नेपाल एकीकरणमा अमरसिंहको भूमिका रहेको गाउँपालिकाले जनाएको छ ।

उहाँको मृत्यू १८३८ को जनैपुर्नेको दिनमा गोसाइँकुण्डमा भएको हो ।

spot_img
spot_img
सम्बन्धित समाचारहरु
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Mauveine Tech-spot_img

धेरै पढिएको

spot_img
spot_img