Thursday, January 15, 2026
5.1 C
Kathmandu
spot_img
Homeबैंक/बित्तियएनएमबि बैंकद्वारा प्रहरीलाई रबर बाेटसहितका विपत् उद्दार सामग्री हस्तान्तरण

एनएमबि बैंकद्वारा प्रहरीलाई रबर बाेटसहितका विपत् उद्दार सामग्री हस्तान्तरण

spot_img

काठमाडौँ, बुधबार, २१ साउन २०८२ । एनएमबि बैंकले नेपाल प्रहरीलाई विपत् उद्दार कार्यमा प्रयोग हुने सामग्रीहरू सहयोग स्वरूप हस्तारण गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (सिएसआर) अन्तर्गत एउटा १६ फिटको सेल्फ–बेलिङ राफ्ट, लाइफ ज्याकेटहरू र अन्य विपत् उद्दार सामग्री प्रहरीलाई सहयोग गरेको जनाएको छ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) गोविन्द घिमिरेले नेपाल प्रहरीका प्रतिनिधि प्रहरी अतिरिक्त महानिरीक्षक, टेक बहादुर तामाङलाई उपत्यका प्रहरी कार्यालयमा मंगलबार ती सामग्री हस्तान्तरण गरेका हुन् ।

हस्तान्तरण गरिएका सामग्रीहरूमा रबर बोटसमेत समावेश छ । मनसुनको समयमा बाढी, डुबान तथा अन्य जलउत्पन्न विपत्का सम्भावना उच्च हुने भएकाले यस किसिमको सहयोगले प्रहरीको कार्यक्षमतामा सहयोग पुग्ने अपेक्षा गरिएको बैंकले जनाएको छ ।

एनएमबि बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत शिक्षा, स्वास्थ्य, वातावरण तथा विपत् व्यवस्थापन जस्ता विभिन्न क्षेत्रमा सहयोग गर्दै आएको जनाएको छ । बैंकले हाल देशभर आफ्ना २०२ शाखा कार्यालयमार्फत सेवा दिइरहेको छ

spot_img
सम्बन्धित समाचारहरु
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Mauveine Tech-spot_img

धेरै पढिएको

spot_img
spot_img