Wednesday, December 17, 2025
13.1 C
Kathmandu
spot_img
Homeकृषिसिरानचोक गाउँपालिकामा सञ्चालित कृषि एम्बुलेन्सले पालिका भित्रका किसानलाई राहत

सिरानचोक गाउँपालिकामा सञ्चालित कृषि एम्बुलेन्सले पालिका भित्रका किसानलाई राहत

spot_img

गोरखा, मंगलबार, २१ साउन २०८२ । गोरखाको सिरानचोक गाउँपालिकामा सञ्चालित कृषि एम्बुलेन्सले पालिका भित्रका किसानलाई राहत भएको छ । केही महिनादेखि सुरु भएको कृषि एम्बुलेन्सले किसानले लगाएको विभिन्न खाद्यबाली, नगदे बाली र तरकारी बालीहरु बिक्री वितरण गर्नका लागि सदरमुकाम तथा बाहिरी जिल्लामा निःशुल्क रुपमा पुगेपछि किसानलाई राहत भएको हो ।

सिरानचोक गाउँपालिकामा विशेष गरी उत्पादन हुने आलु, कफी, अलैंची, मौसम अनुसारको तरकारी उत्पादन हुन्छ, सिरानचोक गाउँपालिकाका अध्यक्ष ज्ञानेन्द्र गुरुङले भन्नुभयो, “पालिकाभित्रका किसानहरुले उत्पादन गरेका खाद्य तथा नगदे बालीहरु गोरखा सदरमुकाम, आँबुखैरनी, चितवन, दमौली लगायतका जिल्लामा पठाउने गाउँपालिकाले व्यवस्था गरेको छ ।‍”

हप्ताको दुई पटक प्रत्येक वडामा कृषि एम्बुलेन्स पुगेर किसानले आफ्नो क्षमता अनुसार जति किलो उत्पादन गर्नुहुन्छ त्यति नै बजारसम्म पुर्‍याउने काम कृषि एम्बुलेन्सले गर्दै आएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ठाकुरप्रसाद अर्यालले जानकारी दिनुभयो ।

“सिरानचोक गाउँपालिका दरौंदी फाँटहरुले छोएको धेरै क्षेत्रफल पर्ने भएकाले पनि कृषि उपज ढुवानी र बजारीकरणमा समस्या रहेको भन्ने कृषकको गुनासो थियो”, अध्यक्ष गुरुङले भन्नुभयो, “हाललाई कृषि एम्बुलेन्समार्फत कृषकका खेत बारीसम्म पुगेर बजारसम्म ल्याउने व्यवस्था गरिएकाले किसानलाई निकै राहत महसुस भएको छ ।”

सिरानचोक गाउँपालिका कृषिको लागि उपयुक्त क्षेत्र भएकाले पनि यस पालिकाको माटो, हावापानी अनुसार दरौंदी नदीले सिँचाइ गरेको भूभागहरु धेरै नै भएकाले पनि पालिकाको माथिल्लो भागमा कफी, अलैंची, ड्रागनफुट र तल्लो भेगमा तरकारीहरु, आलु, मुला, टमाटर, काउली, बन्दा, करेला लगायतका वर्षमा ३ पटक तरकारी उत्पादन हुने भएकाले पनि कृषकलाई कृषि कर्म गर्न प्रोत्सहन गर्न निःशुल्क कृषि एम्बुलेन्स व्यवस्था गरिएको अध्यक्ष गुरुङको भनाइ छ ।

किसानका लागि गाउँपालिकाले पालिकाभित्र ४ वटा कोल्डस्टोर सञ्चालन गर्दै कृषकको आवश्यकता अनुसार बजेट व्यस्थापन गरेकोमा सिरानचोक गाउँपालिकाभित्रका किसानहरु खुशी भएका छन् ।

spot_img
सम्बन्धित समाचारहरु
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Mauveine Tech-spot_img

धेरै पढिएको

spot_img
spot_img