Wednesday, December 17, 2025
13.1 C
Kathmandu
spot_img
Homeराष्ट्रियसमयतालिका बनाएर बजेट कार्यान्वयन गर्न अर्थमन्त्री पौडेलको निर्देशन

समयतालिका बनाएर बजेट कार्यान्वयन गर्न अर्थमन्त्री पौडेलको निर्देशन

spot_img

काठमाडौँ, बिहीबार, २२ साउन २०८२ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले समय तालिका बनाएर आर्थिक वर्ष २०८२ / ८३ को बजेट कार्यान्वयन गर्न सचिवहरुलाई निर्देशन दिनुभएको छ ।

अर्थ मन्त्रालयमा आज भएको बैठकमा उहाँले बजेटसम्बन्धी वार्षिक योजना र समयतालिका बनाएर बजेट कार्यान्वयन गर्न निर्देशन दिनुभएको हो । उहाँले बजेट कार्यान्वयनमा अर्थ मन्त्रालयले सक्दो सहयोग गर्ने उल्लेख गर्दै सही समयमा कदम चालेर बजेट कार्यावन्यनमा परिणाम निकाल्न पनि निर्देशन दिनुभयो ।

अर्थमन्त्री पौडेलले विद्यमान कानुनको व्यवस्था र सीमाभित्र रहेर गैरकर राजस्वको अधिकतम क्षेत्र विस्तार गर्नुपर्नेमा जोड दिनुभयो । अर्थ मन्त्रालयका अनुसार आर्थिक वर्ष २०८१/८२ मा रु एक खर्ब २८ अर्ब गैरकर सङ्कलन भएको थियो, जुन कूल राजस्वको १०.९ प्रतिशत हो ।

बैठकमा गैरकर राजस्वसम्बन्धी थप स्रोत पहिचान गरी कार्यान्वयन गर्दै अघि बढ्नेबारे छलफल भएको छ । बैठकमा अर्थ सचिव, राजस्व सचिव, मन्त्रालयका सचिव लगायतको उपस्थिति रहेको अर्थमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

spot_img
सम्बन्धित समाचारहरु
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Mauveine Tech-spot_img

धेरै पढिएको

spot_img
spot_img