Wednesday, December 17, 2025
13.1 C
Kathmandu
spot_img
Homeमनोरञ्जन‘सिटामोल’ र ‘मोहर’ शुक्रबारदेखि प्रदर्शनमा आउने, बुकिङ खुला

‘सिटामोल’ र ‘मोहर’ शुक्रबारदेखि प्रदर्शनमा आउने, बुकिङ खुला

spot_img

काठमाडौँ, बिहीबार, २२ साउन २०८२ । शुक्रबारदेखि प्रदर्शनमा आउने दुई नेपाली फिल्मको अग्रिम टिकट बुकिङ खुला गरिएको छ । सौगात मल्ल र बेनिशा हमाल अभिनीत ‘सिटामोल’ र पल शाह, बेनिशा हमाल र नीति शाहको फिल्म ‘मोहर’ शुक्रबारदेखि देशभरका सिनेमा हलमा प्रदर्शनमा आउँदै छन् । यी दुवै फिल्मको मल्टिप्लेक्स हलहरूले शो तालिका तय गर्दै अग्रिम बुकिङ खुलाएका हुन् ।

देशको सबभन्दा ठूलो मल्टिप्लेक्स चेनले दुवै फिल्मलाई पहिलो दिनमा लागि बराबरीजसो शो दिएको छ । क्युएफएक्सले काठमाडौंभित्र ‘सिटामोल’ लाई १५ शो दिएको छ भने ‘मोहर’ ले १४ शो पाएको छ । फिल्म ‘सिटामोल’ को कुरा गर्दा सामाजिक कथामा बनेको फिल्म राजबहादुर सानेले निर्देशन गरेका हुन्। यसले एक पूर्वमाओवादी कमाण्डरलाई केन्द्रमा राखेर कथा भन्छ ।

त्यस्तै, ‘मोहर’ सामाजिक–थ्रिलर फिल्म हो । ओम प्रतीकको निर्देशनमा बनेको फिल्मले देउकी प्रथाको नाममा बालिकामाथि हुने हिंसाको कथा भन्छ । दुवै फिल्मले टिजर, ट्रेलर र गीतबाट राम्रो प्रतिक्रिया पाइसकेका छन् । हलमा पनि दर्शकको साथ पाउने अपेक्षा फिल्म निर्माण टिमको छ ।दोस्रो ठूलो आइएनआइ सिनेमाजले ‘मोहर’ लाई १२ शो दिएको छ भने यहाँ ‘सिटामोल’ ले ११ शो पाएको छ ।

त्यस्तै, वान सिनेमाजले दुवै फिल्मलाई ६र६ शो दिएको छ । अन्य मल्टिप्लेक्सले पनि बुकिङ खुलाइसकेका छन् ।

spot_img
सम्बन्धित समाचारहरु
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Mauveine Tech-spot_img

धेरै पढिएको

spot_img
spot_img