Friday, March 13, 2026
23.1 C
Kathmandu
spot_img
Homeखेलमहिला फिफा : नेपालले हालसम्मकै उच्च स्थान हासिल गर्दै ऐतिहासिक सफलता

महिला फिफा : नेपालले हालसम्मकै उच्च स्थान हासिल गर्दै ऐतिहासिक सफलता

spot_img

काठमाडौँ, शुक्रबार, २३ साउन २०८२ । नेपाली महिला फुटबल टोलीले फिफा वरीयतामा हालसम्मकै उच्च स्थान हासिल गर्दै ऐतिहासिक सफलता रचेको छ । फिफाले सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल १३ स्थान उक्लँदै ८७औँ स्थानमा पुगेको हो ।

यसअघि नेपाल १००औँ स्थानमा रहेको थियो । महिला एसियन कप छनोटअन्तर्गत श्रीलंका र लाओसलाई पराजित गर्दै उज्वेकिस्तानसँग बराबरी खेलेपछि नेपालको प्रदर्शनमा ठूलो सुधार आएको हो । सोही प्रदर्शनका आधारमा नेपालले ४६.४९ अंक बटुल्दै ८७औँ स्थानमा स्थान बनाएको हो ।

यो नेपाली महिला टोलीको हालसम्मकै उच्चतम वरीयता हो । यसअघि सन् २०१७ मा प्राप्त ९१औँ स्थान नै नेपालको सबैभन्दा राम्रो वरीयताको रेकर्ड थियो ।

एसियाली देशहरूमध्ये नेपाल अहिले १६औँ स्थानमा उक्लिएको छ । महिलातर्फको वरीयताको शीर्ष स्थानमा स्पेन पुगेको छ भने अमेरिका दोस्रो स्थानमा झरेको छ । तीन स्थान सुधार गरेको स्वीडेन तेस्रो स्थानमा उक्लेको छ । एक स्थान सुधार गरेको इंग्ल्याण्ड चौथो स्थानमा छ ।

दुई स्थान तल झर्दै जर्मनी पाचौँ स्थानमा झरेको छ । चार स्थान सुधार गरेको फ्रान्स छैटौँ र तीन स्थान झरेको ब्राजिल सातौँ स्थानमा छ ।

दक्षिण एसियाको भारत सात स्थान सुधार गर्दै ६३ स्थानमा उक्लेको छ । बंगलादेशले २४ स्थान सुधार गर्दै १०४ स्थानमा उक्लेको छ । पाकिस्तान तीन स्थान सुधार गर्दै १५४ र श्रीलंका दुई स्थान तल झर्दै १६१औँ स्थानमा पुगेको छ । भुटान आठ स्थान सुधार गर्दै १६३ स्थानमा उक्लेको छ ।

यता, पुरुषतर्फ भने नेपाल १७५औँ स्थानमा यथावत् छ ।

spot_img
सम्बन्धित समाचारहरु
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Mauveine Tech-spot_img

धेरै पढिएको

spot_img
spot_img