Wednesday, January 14, 2026
8.1 C
Kathmandu
spot_img
Homeपर्यटनललितपुर घुम्न आउने विदेशी पर्यटकले बढी प्रवेश शुल्क तिर्नुपर्ने

ललितपुर घुम्न आउने विदेशी पर्यटकले बढी प्रवेश शुल्क तिर्नुपर्ने

spot_img

काठमाडौँ, शुक्रबार, २३ साउन २०८२ । कला र संस्कृतिको सहर ललितपुर घुम्न आउने विदेशी पर्यटकहरूले अब पहिलेभन्दा बढी प्रवेश शुल्क तिर्नुपर्ने भएको छ ।

ललितपुर महानगरपालिकाले नयाँ आर्थिक ऐन, २०८२ मार्फत पर्यटन शुल्कमा वृद्धि गरेको हो । ललितपुर महानगरपालिका आर्थिक ऐन, २०८२ को दफा १४ तथा अनुसूची–१२ मा पर्यटन शुल्कसम्बन्धी नयाँ व्यवस्था गरिएको हो ।

ऐनअनुसार नयाँ शुल्क दर आउँदो असोज १ गतेदेखि पूर्ण रूपमा लागू हुने छ । तर, त्यसअघिका दुई महिना अर्थात् साउन १ गतेदेखि भदौ मसान्तसम्म पुरानै र नयाँकोबिचको शुल्क दर कायम गरिएको छ ।

पहिलो चरणमा साउन १ गतेदेखि भदौ मसान्तसम्म सार्क र बिमस्टेक राष्ट्रका पर्यटक प्रति व्यक्ति २५० रुपैयाँ, अन्य राष्ट्रका पर्यटकलाई प्रति व्यक्ति एक हजार लाग्ने छ ।

यस्तै दोस्रो चरण असोज १ गतेदेखि चीन, सार्क र बिमस्टेक राष्ट्रका पर्यटक प्रति व्यक्ति ५ सय रुपैयाँ र अन्य राष्ट्रका पर्यटकको शुल्क यथावत राखेको छ ।

नयाँ व्यवस्थामा चीनलाई सार्क तथा बिमस्टेक राष्ट्रको समूहमा राखेको छ । जसको शुल्क २५० बाट बढाएर ५०० पुर्‍याइएको छ, जुन शतप्रतिशत वृद्धि हो । अन्य मुलुकका पर्यटकका लागि भने शुल्क यथावत राखिएको छ ।

विदेशी पर्यटकका लागि शुल्क बढाइए पनि नेपाली नागरिकका लागि भने कुनै परिवर्तन गरिएको छैन । पाटन सङ्ग्रहालय प्रवेश गर्दा नेपाली नागरिकले तिर्नुपर्ने शुल्क ३० नै कायम छ । साथै, विद्यार्थी, ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिहरूका लागि १५ रुपैयाँको सहुलियत दर पनि यथावत रहेको महानगरले जनाएको छ ।

यो शुल्कबाट उठेको रकमको ७५ प्रतिशत महानगरपालिकाले प्राप्त गर्नेछ भने बाँकी २५ प्रतिशत रकम प्रचलित कानुनअनुसार बाँडफाँड हुने ऐनमा उल्लेख छ ।

spot_img
सम्बन्धित समाचारहरु
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Mauveine Tech-spot_img

धेरै पढिएको

spot_img
spot_img