Saturday, February 7, 2026
8.1 C
Kathmandu
spot_img
Homeराष्ट्रियसरुवा हुन चाहने कर्मचारीलाई साउन मसान्तभित्र निवेदन पेश गर्न आग्रह

सरुवा हुन चाहने कर्मचारीलाई साउन मसान्तभित्र निवेदन पेश गर्न आग्रह

spot_img

काठमाडौँ, शनिबार, २४ साउन २०८२ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरुवा हुन चाहने कर्मचारीलाई साउन मसान्तभित्र निवेदन पेस गर्न आग्रह गरेको छ । चालु आर्थिक वर्षमा सरुवा गर्नुपर्ने कर्मचारीको नामावली तयार गर्नका लागि मन्त्रालयले साउन मसान्तभित्र निवेदन दिन कर्मचारीलाई आग्रह गरेको हो । निजामती कर्मचारीको वार्षिक सरुवा प्रक्रिया व्यवस्थापन गर्न देशभरका मन्त्रालय, आयोग, सचिवालय, निकाय तथा निजामती कर्मचारीहरूलाई शुक्रबार निर्देशन जारी गरिएको हो ।

सरुवाका लागि इच्छुक निजामती कर्मचारीहरूले आफ्नो व्यक्तिगत विवरण अद्यावधिक गरी सरुवा निवेदन पेस गर्नुपर्ने छ । निजामती सेवा ऐन २०४९ को दफा १८ र नियमावली, २०५० को नियम ३६ अनुसार भदौ महिनाभित्र सरुवा प्रक्रिया सम्पन्न गर्नुपर्ने कानुनी व्यवस्था रहेको उल्लेख गर्दै मन्त्रालयले यस वर्षको सरुवा प्रक्रिया व्यवस्थित र समयमै सम्पन्न गर्न आवश्यक कार्यसूची सार्वजनिक गरेको हो ।

मन्त्रालयका प्रवक्ता कालीप्रसाद पराजुलीले सरुवा व्यवस्थापन पारदर्शी, समयबद्ध र प्रभावकारी बनाउन मन्त्रालयले समयमै तयारी गर्न आह्वान गर्दै यस प्रक्रियामा ढिलाइ नगर्न आग्रह गरिएको बताउनुभयो । सरुवा व्यवस्थापनलाई अझ पारदर्शी बनाउन डिजिटल प्रणालीमा आधारित विवरण अद्यावधिक र समन्वयमा विशेष जोड दिइएको मन्त्रालयले जनाएको छ ।

spot_img
सम्बन्धित समाचारहरु
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Mauveine Tech-spot_img

धेरै पढिएको

spot_img
spot_img