Wednesday, December 17, 2025
13.1 C
Kathmandu
spot_img
Homeपालिका विशेषगोरखाको धार्चे गाउँपालिका ३ अन्तर्गत पर्ने खोर्ला बेसिमा बेलिब्रिज पुलको उद्घाटन

गोरखाको धार्चे गाउँपालिका ३ अन्तर्गत पर्ने खोर्ला बेसिमा बेलिब्रिज पुलको उद्घाटन

spot_img

गोरखा, आइतबार, २५ साउन २०८२ । गोरखाको धार्चे गाउँपालिका वडा नं.३ अन्तर्गत पर्ने खोर्ला बेसिमा बेलिब्रिज पुलको उद्घाटन सम्पन्न भएको छ। ३४१ मेगावाटको बूढीगण्डकी जलविद्युत आयोजनाले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गतको बजेटबाट बेलिब्रिज निर्माण गरेको हो ।

आज आइतबार एक समारोहका बिच धार्चे गाउँपालिकाका अध्यक्ष लक्ष्मण गुरुङ र टाइम्स इनर्जीका अध्यक्ष हिमप्रसाद पाठकले संयुक्त रूपमा नवनिर्मित पुलको उद्घाटन गर्नुभएको हो |पुल उद्घाटन गर्दै गाउँपालिकाका अध्यक्ष गुरुङले समयमा नै आयोजनाको सुरुवात गरी समयमा नै काम सम्पन्न भएकोमा खुशी ब्यक्त गर्दै उत्तरी गोरखाको लाइफलाइनका रुपमा रहेको सो बाटोमा पुल निर्माण गरेकामा आयोजनालाई धन्यवाद दिनुभयो ।

पुलको लम्बाइ ३६.५८ मिटर र चौडाइ चार मिटर रहेको छ । पुल निर्माण भएसँगै धार्चेका विभिन्न वडाहरु र चुमनुब्री गाउँपालिकाका बासिन्दा लाभान्वित हुनेछन् ।

पुलको निर्माण कार्यका लागि आर्थिक तथा प्राविधिक सहयोग टाइम्स इनर्जी काठमाडौंबाट प्राप्त भएको हो भने यस गाउँपालिकाको समन्वय तथा सहजीकरणको भूमिका रहेको थियो । पुल निर्माणमा जम्मा लागत करिब ४ करोड रुपैयाँ रहेको छ ।

उक्त पुल उद्घाटन समारोह यस गाउँपालिका वडा नं.३ का अध्यक्ष सेर बहादुर गुरुङको अध्यक्षतामा भएको थियो । कार्यक्रममा स्थानीय जनप्रतिनिधि, विभिन्न संघ–संस्थाका प्रतिनिधि, सरोकारवालाहरू, गाउँपालिकामा कार्यरत कर्मचारीहरु तथा स्थानीय बासिन्दाहरुको उल्लेखनीय सहभागिता रहेको थियो ।

spot_img
सम्बन्धित समाचारहरु
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Mauveine Tech-spot_img

धेरै पढिएको

spot_img
spot_img