काठमाडौँ, बुधबार, २८ साउन २०८२ । गत आर्थिक वर्ष २०८१/८२ मा ग्लोबल आइएमई बैंकले ६ अर्ब २० करोड ४७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो नाफा अघिल्लो आवको तुलनामा १.०९ प्रतिशत बढी हो । बैंकले अघिल्लो आवमा ६ अर्ब १३ करोड ७४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
बैंकले सार्वजनिक गत आवको वित्तीय विवरण अनुसार यस अवधिमा बैंकको खुद ब्याज आम्दानी १६ अर्ब ७१ करोड २२ लाख रुपैयाँ भएको छ । खुद शुल्क तथा कमिसन आम्दानी ३ अर्ब २२ करोड २० लाख हुँदा सञ्चालन आम्दानी २१ अर्ब २७ करोड ६४ लाख छ ।
बैंकको प्रतिशेयर आम्दानी १६.२८ रुपैयाँ छ भने प्रति शेयर कूल सम्पत्तिको मूल्य एक हजार ८०९ रुपैयाँ ६१ पैसा रहेको छ । यसका साथै प्रतिशेयर नेटवर्थ १७७.६३ रुपैयाँ छ ।
बैंकको वितरणयोग्य नाफा ५ अर्ब ३७ करोड ९३ लाख रुपैयाँ रहेको छ । अघिल्लो आवमा यस्तो मुनाफा ५० करोड ६७ लाख रुपैयाँ थियो । बैंकको लाभांश क्षमता १४.११ प्रतिशत छ ।
बैंकको चुक्ता पुँजी ३८ अर्ब ११ करोड ५८ लाख रहेको छ भने जगेडा कोषमा २४ अर्ब २१ करोड लाख रुपैयाँ छ ।
गत आवमा बैंकले खर्ब ५० अर्ब ६२ करोड ८४ लाख निक्षेप संकलन गरेर ४ खर्ब ११ अर्ब ७९ करोड १७ लाख कर्जा लगानी गरेको छ । बैंकको खराब कर्जा ४.८७ प्रतिशत छ ।









