Wednesday, January 14, 2026
8.1 C
Kathmandu
spot_img
Homeगोदावरीबुद्ध भगवान मेला बाडेगाँउको ऎतिहासिक बुध:वा जात्रा सम्पन्न

बुद्ध भगवान मेला बाडेगाँउको ऎतिहासिक बुध:वा जात्रा सम्पन्न

spot_img

गोदावरी, बुधबार, २८ साउन २०८२ । नेवार समुदायले मनाउने गुँला पर्वको अवसरमा आज बुधबार बुद्ध भगवान मेला बाडेगाँउको ऎतिहासिक बुध:वा जात्रा भब्य रुपमा सम्पन्न भएको छ ।

साउन शुक्ल प्रतिपदादेखि एक महिनासम्म मनाइने पर्वमा सांस्कृतिक बाजागाजाका साथमा बुद्ध भगवानको भजनकीर्तन गाएर मठमन्दिर, बौद्ध चैत्य परिक्रमा गर्ने गरिन्छ ।

यो पर्व विशेषगरी बौद्ध धर्मावलम्बीले मनाउने गर्छन् । नेपाल भाषामा ‘गुँ’ को अर्थ नवौं र ‘ला’ को अर्थ महिना हो । यसरी गुँलाको अर्थ नवौं महिना भन्ने बुझिन्छ । गुँला पर्वको अवसरमा बाडेगाउँ मन्दिरमा बिहानदेखि नै श्रदालु भक्तजनहरुको भिड लागेको थियो ।

गोदावरी नगरपालिका नगर प्रमुख गजेन्द्र महर्जन, प्रमुख प्रशासकीय अधिकृत मान बहादुर खड्का,नेपाली कांग्रेस केन्द्रिय सदस्य एवं पुर्व मान्य मदन बहादुर अमात्य, गोदावरी न.पा १४ का वडा अध्यक्ष निरोज बज्राचार्य, वडा सचीव शम्भु बस्याल लगायत वडा परिवार तथा स्थानीय बासिन्दाको बाक्लो उपस्थिति रहेको थियो ।

बुद्ध भगवान मेला बाडेगाँउको ऎतिहासिक बुध:वा जात्रा जात्रा सफल बनाउन बाडेगाउँ प्रहरी प्रभाग, ट्राफिक प्रहरी, नेपाल स्काउट, बाडेगाउँ प्राथमिक स्वस्थ्य केन्द्र, रेडक्रस सोसाइटी ठैब उपशाखा, मेट्रो नमस्ते हस्पिटल, मेडिसिटी हस्पिटल ठैब,अरनिको टेण्ट हाउस एण्ड क्याटरिङ सर्भिस, प्रज्ञापारमिता नाम संगती लगायत समाजसेबी महानुभावहरु बिहानै देखि सेवामा अनवरत रुपमा खटिनु भएको थियो ।

गोदावरी नगरपालिका १४ वडाबासीको सहयोग रहेको जात्रामा उपस्थित सम्पुर्ण श्रदालु भक्तजन महानुभावहरुलाई १४ नं वडा कार्यालयको तर्फबाट तर्फबाट जलपानको ब्यवस्था गरिएको थियो ।

spot_img
सम्बन्धित समाचारहरु
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Mauveine Tech-spot_img

धेरै पढिएको

spot_img
spot_img