Wednesday, December 10, 2025
11.1 C
Kathmandu
spot_img
Homeमनोरञ्जनलक्जरी इभेन्ट्स एण्ड ईन्टरटेन्मेन्टको आयोजनामा डिलाइट पार्टी भेन्युमा तीज कार्यक्रम हुदै

लक्जरी इभेन्ट्स एण्ड ईन्टरटेन्मेन्टको आयोजनामा डिलाइट पार्टी भेन्युमा तीज कार्यक्रम हुदै

spot_img

ललितपुर, बिहीबार, २९ साउन २०८२ । तीज हिन्दु धर्मावलम्बीहरूको एक महत्वपूर्ण पर्व हो । तीज नजिकिदै गर्दा तीज सम्बन्धि विभिन्न कार्यक्रम हुदै आइरहेका छन ।

लक्जरी इभेन्ट्स एण्ड इन्टरटेन्मेन्टको आयोजनामा Mrs. Teej 2082 season 1 & Teej Special Celebration हुने भएको छ । सो कार्यक्रममा लोकप्रिय गायक रुपक डोटेल, लोकप्रिय गायिका सुजाता के.सी. लगायत अन्य चर्चित कलाकारहरूको बिजोड प्रस्तुति रहने लक्जरी इभेन्ट्स एण्ड ईन्टरटेन्मेन्टका अध्यक्ष पुजा रेग्मीले बताउनु भयो । सो कार्यक्रममा आफ्नो परिवार,साथीहरूलाई लिएर आउनु हुन अनुरोध गर्दै तीज बिशेष कार्यक्रममा रमाउनु हुन अध्यक्ष रेग्मीले सबैमा निमन्त्रणा गर्नुभयो ।

कार्यक्रम आगामी भाद्र १ गते आइतबारका दिन डिलाइट पार्टी भेन्यु महालक्ष्मीस्‍थान ललितपुरमा बिहान ११:३० बजेदेखि कार्यक्रम सुरु हुने आयोजकले जनाएको छ । टिकट दर एक हजार रुपैयाँ राखिएको छ ।

spot_img
सम्बन्धित समाचारहरु
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Mauveine Tech-spot_img

धेरै पढिएको

spot_img
spot_img