गोरखा, शुक्रबार, ३० साउन २०८२ । गोरखाको सिरानचोक गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता नविकरणका लागि घुम्ती शिविर सञ्चालन गर्ने भएको छ । सामाजिक सुरक्षा भत्ता नियमावली २०७६ र सामाजिक सुरक्षा भत्ता कार्यविधि २०७९ को आधारमा घुम्ती सेवा प्रदान गर्न लागिएको गाउँपालिकाले जनाएको हो ।
पालिकाका अनुसार घुम्ती शिविर यही साउन ३० र ३१ गते, भाद्र १ र २ गते होटेल चार्मिङ्ग दरबार (बनस्थली चोकबाट चमति जाने बाटोमा १०० मि अगाडी) सञ्चालन हुनेछ । साउन ३० गते (आज) दिउसो २ बजेदेखि ५ बजेसम्म र साउन ३१ गते, भाद्र १ र २ गते बिहान ८ बजेदेखि बेलुका ५ बजेसम्म सामाजिक सुरक्षा भत्ता नविकरण गर्ने सकिनेछ ।
स्थायी बसोबासी पालिकामा भएपनि हाल काठमाडाैंमा रहँदै आएकाहरुको सहजताका लागि घुम्ती शिविर सञ्चालन गर्न लागिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ठाकुर प्रसाद अर्यालद्वारा जारी सूचनामा उल्लेख छ ।
गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता प्राप्त गरिरहेका लाभग्राहीहरूलाई तोकिएको मितिमा सम्बन्धित स्थानमा आवश्यक कागजातसहित अनिवार्य उपस्थित हुन अनुरोध गरेको छ ।
हेर्नुहोस् सूचना :









