Thursday, December 11, 2025
11.1 C
Kathmandu
spot_img
Homeमनोरञ्जनMrs. Teej 2082 – Season 1 को ताज प्रतिमा काफ्लेको हातमा

Mrs. Teej 2082 – Season 1 को ताज प्रतिमा काफ्लेको हातमा

spot_img

ललितपुर, सोमबार, २ भाद्र २०८२ । लक्जरी इभेन्ट्स एण्ड इन्टरटेन्मेन्टको आयोजनामा Mrs. Teej 2082 season 1 & Teej Special Celebration डिलाइट पार्टी भेन्यु महालक्ष्मीस्‍थान ललितपुरमा सफ़लतापुर्बक समापन भएको छ ।

ललितपुर महानगरपालिकाकी उपमेयर मञ्जली शाक्य बज्राचार्यको प्रमुख आतित्यतामा, ललितपुर महानगरपालिकाका १५ नं वडा कार्यालयका वडा अध्यक्ष सुरेश बहादुर शाही, वडा सदस्य शशीकला आचार्य, वैकुण्ठ महत, स्थानीय बासिन्दा लगायत अन्य अतिथि महानुभावको बाक्लो उपस्थिति रहेको थियो ।

तीज बिशेष कार्यक्रम अन्तर्गत आइतबार सम्पन्न Mrs. Teej 2082 – Season 1 को ताज प्रतिमा काफ्ले लगाउन सफल हुनु भयो । प्रमुख अतिथि उपमेयर मञ्जली शाक्य बज्राचार्यले बिजेतालाइ ताज लगाइदिनु भएको थियो ।

साथै, एलिशा काफ्ले, दुर्गा घिमिरे गिरी र सेमिला श्रेष्ठले आफ्नो प्रतिभा प्रस्तुत गर्नु भएको लक्जरी इभेन्ट्स एण्ड ईन्टरटेन्मेन्टका अध्यक्ष पुजा रेग्मीले जानकारी दिनुभयो ।

कार्यक्रममा लोकप्रिय गायक रुपक डोटेल, लोकप्रिय गायिका सुजाता के.सी. लगायत अन्य चर्चित कलाकारहरूको बिजोड प्रस्तुति रहेको थियो ।

spot_img
सम्बन्धित समाचारहरु
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Mauveine Tech-spot_img

धेरै पढिएको

spot_img
spot_img