Thursday, January 15, 2026
5.1 C
Kathmandu
spot_img
Homeप्रदेश विशेषदरौँदी नदीमा जलविद्युत आयोजना निर्माण हुने

दरौँदी नदीमा जलविद्युत आयोजना निर्माण हुने

spot_img

गोरखा, मंगलबार, ३ भाद्र २०८२ । गोरखा नगरपालिका – १३ स्थित सिमलगैरामा करिब दुई अर्ब १९ करोड ९५ लाख रुपियाँको लागतमा अर्धजलासययुक्त जलविद्युत आयोजना निर्माण हुने भएको छ ।

मनकामना दरौंदी हाइड्रोपावर कम्पनी लिमिटेडको प्रवर्धनमा दरौंदी नदीमा ९.८४ मेगावाट क्षमताको जलविद्युत आयोजना निर्माण गर्न लागिएको कम्पनीका अध्यक्ष डा.डम्बरबहादुर नेपालीले जानकारी दिनुभयो ।

आयोजना निर्माण गर्दा कुल लगानीको ७० प्रतिसत ऋणबाट लगानी गर्नेे र बाँकी स्वपुँजीअन्तर्गतको लगानी रहने उहाँले बताउनुभयो । ‘‘सिमलगैरामा पावरहाउस रहनेगरी दरौदी नदीमा जलविद्युत आयोजना निर्माण गर्न लागिएको हो,’’ उहाँले भन्नुभयो, ‘‘दरौंदी नदीमा बाँध बाँधेर कर्मसिं फाँटको रातडाँडामा ड्याम रहने गरी आयोजना निर्माण हुनेछ ।’’

गोरखा नगरपालिकाका वडा नम्बर १२, १३ र १४, सहिद लखन गाउँपालिकाका १, २ र ३ तथा पालुङटार नगरपालिकाको ९ नम्बर वडाका गरी आयोजनाले कुल चार सय ४० रोपनी क्षेत्रफल ओगट्ने छ ।

प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदन अनुसार आयोजनाले खेतीयोग्य जमिन एक सय २३ रोपनी, दुई सय ९२ रोपनी बगर क्षेत्र, ३८ रोपनी स्थायी तथा अस्थायी जमिन र १७ रोपनी सामुदायिक वन क्षेत्रफल ओगट्ने छ ।

‘‘आयोजनाको मुख्य संरचना गोरखा– आँबुखैरेनी सडकखण्डको पहुँच क्षेत्रमा रहने छ,’’ आयोजनाका इन्जिनियर अनिल नेपालले भन्नुभयो, ‘‘अर्धजलासययुक्त आयोजनाको जलाधार क्षेत्र ५३६.५४ वर्गकिलिोमिटर रहने छ ।’’

कम्पनीले आयोजना निर्माणस्थल र प्रभावित क्षेत्रका बासिन्दाहरुको धारणा बुझेर वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदनलाई अन्तिम रूप दिन सार्वजनिक सुनुवाइ कार्यक्रम गरी राय सुझाव समेत सङ्कलन गरिसकेको छ ।

प्रभावित क्षेत्रका बासिन्दाको राय सुझाव थप गरेर वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवदेन स्वीकृतिका लागि वन तथा वातावरण मन्त्रालयमा पेश भएर मन्त्रालयबाट स्वीकृति प्रदान भइसकेकाले विद्युत उत्पादन अनुमतिका लागि विद्युत्त विभागमा निवदेन दिएर दशैं पछाडीबाट फिल्डमै काम अघि बढाउने कम्पनीका अध्यक्ष नेपालीले जानकारी दिनुभयो ।

विभागबाट पाउनुपर्ने सबै अनुमति पाइसकेकाले दशैं पछाडी तथा कात्तिक महिनाको १ गतेबाट आयोजनाको संरचना निर्माणका काम थाल्न सुरु गर्ने योजना रहेको कम्पनीले जनाएको छ । आयोजना निर्माण सुरु भएको साढे दुई वष अर्थात २०८५ साल वैशाख भित्रमा विद्युत उत्पादन गर्ने लक्ष्य कम्पनीले राखेको छ ।

spot_img
सम्बन्धित समाचारहरु
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Mauveine Tech-spot_img

धेरै पढिएको

spot_img
spot_img