Wednesday, December 17, 2025
13.1 C
Kathmandu
spot_img
Homeअटो गतिबिधी‘अब प्रविधिमा नेपालले छिट्टै फड्को मार्नेछ’ : प्रधानमन्त्री

‘अब प्रविधिमा नेपालले छिट्टै फड्को मार्नेछ’ : प्रधानमन्त्री

spot_img

काठमाडौँ, बुधबार, ४ भाद्र २०८२ । मंगलबारदेखि काठमाडौंको भृकुटीमण्डपमा सवारी साधनहरूको मेला नाडा अटो शो सुरु भएको छ । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालद्वारा आयोजित मेला उद्घाटन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले प्रविधिको क्षेत्रमा नेपालले छिट्टै महत्वपूर्ण फड्को मार्ने बताउनुभयो ।

पछिल्लो समय विद्यार्थीहरूले रोबोट र रकेट निर्माणसमेत सुरु गरेको उल्लेख गर्दै उहाँले प्रविधि तीव्र गतिमा अघि बढिरहेको र नेपालले पनि त्यसलाई आत्मसात् गर्दै अघि बढ्नुपर्नेमा जोड दिनुभयो । मेलामा राखिएको जस्तै उड्ने कार निकट भविष्यमा नेपालमै निर्माण गरेर निर्यात गर्न सक्ने सम्भावना रहेको प्रधानमन्त्री ओलीको भनाइ थियो । उहाँले नाडाका युवा अध्यक्षको प्रशंसा गर्दै अटोमोबाइल क्षेत्रमा देखिएको प्रगति र उपलब्धिप्रति खुसी व्यक्त गर्नुभयो ।

सरकारले निजी क्षेत्रमैत्री नीति अख्तियार गरेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले व्यवसायीहरू असन्तुष्ट हुने कारण नरहेको पनि बताउनुभयो । कर तथा मौद्रिक नीतिमा सरकारले स्थिर नीति लिएकाले त्यसले अग्रगमनको यात्रामा सहजीकरण गर्ने, किसान, मजदुर र भूमिहीन जनतालाई समेत सहयोग पुग्ने उहाँको भनाइ थियो ।

अटोमोबाइल क्षेत्रमा इभीतर्फ अघि बढ्ने र ग्रिन इनर्जी उत्पादनलाई समेत प्राथमिकता दिने सरकारको नीति रहेको स्मरण गराउँदै प्रधानमन्त्री ओलीले नेपालको प्राविधिक क्षमताले भविष्यमा विश्वलाई चकित पार्ने दाबी पनि गर्नुभयो । पूर्वाधार विकासमा पनि सरकार गम्भीर रहेको भन्दै उहाँले पूर्वपश्चिम राजमार्ग र हुलाकी राजमार्ग निर्माणलाई तीव्रता दिइएको बताउनुभयो ।

spot_img
सम्बन्धित समाचारहरु
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Mauveine Tech-spot_img

धेरै पढिएको

spot_img
spot_img