Thursday, January 15, 2026
5.1 C
Kathmandu
spot_img
Homeप्रदेश विशेषऋषि पञ्चमीका अवसरमा गण्डकी प्रदेशमा सार्वजनिक बिदा नदिने निर्णय

ऋषि पञ्चमीका अवसरमा गण्डकी प्रदेशमा सार्वजनिक बिदा नदिने निर्णय

spot_img

गोरखा, आइतबार, ८ भाद्र २०८२ । गण्डकी प्रदेश सरकारले यस वर्ष ऋषि पञ्चमीका अवसरमा सार्वजनिक बिदा नदिने भएको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, पोखराले आज एक सूचना प्रकाशित गर्दै आगामी भदौ १२ गते बिहीबार पर्ने ऋषि पञ्चमीको दिन सार्वजनिक बिदा नहुने प्रष्ट पारेको हो । सूचना अनुसार महिला कर्मचारीलाई समेत लागू हुने गरी कुनै पनि तहका सरकारी कार्यालय, शिक्षण संस्था र सार्वजनिक निकायहरू सामान्य दिनझैं सञ्चालन हुनेछन् ।

ऋषि पञ्चमी हिन्दू महिलाहरूले आत्मशुद्धि र पापमोचनका लागि व्रत बसेर मनाउने धार्मिक पर्व हो । हरितालिका तीजको भोलिपल्ट पर्ने यो पर्वमा महिलाहरू विशेषगरी नदी, तलाउ वा कुण्डमा स्नान गरी सप्तऋषिको पूजा गर्ने परम्परा रहिआएको छ । धार्मिक तथा सांस्कृतिक महत्व बोकेको भए पनि यस वर्ष गण्डकी प्रदेश सरकारले यस दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छैन ।

यसअघि विभिन्न वर्षहरूमा प्रदेश सरकारले यस पर्वलाई सार्वजनिक बिदा दिने प्रावधान राख्दै आएको भए पनि चालु वर्ष २०८२ को बिदा तालिकामा ऋषि पञ्चमी समावेश नभएकाले सरकारी कार्यालय र सेवाप्रवाह गर्ने निकायहरू नियमित रुपमा सञ्चालन हुनेछन् ।

यस निर्णयसँगै सेवाग्राहीहरूले पनि भदौ १२ गते सामान्य दिनझैं आवश्यक सेवा लिन सक्ने भएका छन् । प्रदेश सरकारले भने धार्मिक आस्थाअनुसार पर्व मनाउन सकिने तर सार्वजनिक बिदा नहुने स्पष्ट पारेको छ ।

spot_img
सम्बन्धित समाचारहरु
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Mauveine Tech-spot_img

धेरै पढिएको

spot_img
spot_img