Thursday, December 11, 2025
11.1 C
Kathmandu
spot_img
Homeखेलचौथौ एनटिए लिग बिहीबारदेखि सुरु

चौथौ एनटिए लिग बिहीबारदेखि सुरु

spot_img

काठमाडौँ, बुधबार, ११ भाद्र २०८२ । नेपाल तेक्वान्दो सङ्घको आयोजानमा चौथौ एनटिए लिग बिहीबारदेखि सुरु हुने भएको छ ।

सातदोबाटोस्थित तेक्वान्दो एकेडेमीमा हुने क्योरुगी र पुम्से दुवै विधाको लिगमा देशभरबाट पाँच सय ४५ महिला र नौ सय ५० पुरुष गरी एक हजार चार सय ९५ खेलाडीको सहभागिता रहने मङ्गलबार आयोजित पत्रकार सम्मेलनमा सङ्घका उपाध्यक्ष एवं प्रतियोगिताका संयोजक भानबहादुर चन्दले जानकारी दिनुभयो ।

भदौ १५ गतेसम्म चल्ने लिगमा वरीयता प्राप्त खेलाडीले कुल ७२ स्वर्णका लागि प्रतिस्पर्धा गर्ने बताइएको छ । नयाँ खेलाडी उत्पादन गर्न प्रतियोगिता महत्वपूर्ण हुने सङ्घले विश्वास गरेको छ ।

spot_img
सम्बन्धित समाचारहरु
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Mauveine Tech-spot_img

धेरै पढिएको

spot_img
spot_img