Thursday, November 13, 2025
12.1 C
Kathmandu
Homeमनोरञ्जन‘मिस एण्ड मिसेस गुरुङ ०८२’ : सुप्रिया र मायाले जिते ताज

‘मिस एण्ड मिसेस गुरुङ ०८२’ : सुप्रिया र मायाले जिते ताज

काठमाडौँ, बुधबार, ११ भाद्र २०८२ । ‘मिस एण्ड मिसेस गुरुङ २०८२’को उपाधि सुप्रिया गुरुङ र माया गुरुङले चुम्नु भएको छ । सोमबार नेपाल पुलिस क्लबमा भएको अन्तिम प्रतिस्पर्धामा उहाँहरूले उपाधि आफ्नो पोल्टामा पार्न सफल हुनुभएको हो । पूर्वअर्थ तथा परराष्ट्रमन्त्री मन्त्री एवं नेपाली कांग्रेसका नेता डा.प्रकाशशरण महतको प्रमुख आतिथ्यतामा भएको समारोहमा मिसेसतर्फ फष्ट रनरअप मायादेवी गुरुङ, सेकेण्ड रनरअप गंगा गुरुङ, थर्ड रनरअप पूर्णिमा गुरुङ र फोर्थ रनरअप मुना घले हुनुभयो ।

त्यस्तै मिसेस पब्लिक च्वाइस मिसेसमा मुना घले र पब्लिक च्वाइसको उपविजेतामा नन्द गुरुङ हुनुभयो । मिसेस भ्युअर च्वाइसमा कुमारी गुरुङ, मिसेस अग्रेनाइजर च्वाइसमा मेलिना गुरुङ, मिसेस फोटोजेनिकमा मेलिना गुरुङ, मिसेस प्रतिभामा मीना गुरुङ, मिसेस अनुशासन हेमा गुरुङ, मिसेस व्यक्तित्वमा माया गुरुङ, मिसेस आत्मविश्वासीमा कुमारी गुरुङ, मिसेस इन्टिलिजेन्समा गंगा गुरुङ, मिसेस फ्रेन्डसिपमा मुना घले, मिसेस हार्डवर्किङमा रश्मी गुरुङ, मिसेस वेष्ट स्माइलमा जुना गुरुङ, मिसेस व्यूटिफुलमा मेलिना गुरुङ, मिसेस अनेष्टमा कृष्णमाया गुरुङ, मिसेस हम्बलमा मीना घले, मिसेस आज्ञाकारीमा नन्द गुरुङ, मिसेस प्रेरणादायीमा बिचु गुरुङ, मिसेस वेष्ट हेयरमा क्षमा गुरुङ, मिसेस वेष्ट स्किननमा रञ्जिता गुरुङ, मिसेस ग्रेसफुलमा धनु गुरुङ, मिसेस कल्चरलमा सपना गुरुङ, मिसेस आकर्षकमा कञ्चन गुरुङ, मिसेस एक्टिभमा सिर्जना गुरुङ, मिसेस इनोसेन्टमा लक्ष्मी गुरुङ, मिसेस सिनसियरमा मायादेवी गुरुङ र मिसेस नेतृत्वमा पूर्णिमा गुरुङले उपाधि जित्न सफल हुनुभएको थियो ।

यस्तै, मिसतर्फ फष्ट रनरअप अनिता गुरुङ, सेकेण्ड रनरअप ईशा गुरुङ, पब्लिक च्वाइस फूलमाया गुरुङ, पब्लिक च्वाइस रनर अप अनिता गुरुङ, दर्शकको रोजाइ सुनिला गुरुङ, आयोजकको छनोट हिमाली गुरुङ, मिस फोटोजेनिक सुमा गुरुङ, मिस ट्यालेन्ट अनिता गुरुङ, मिस डिसिप्लिन जेनिशा गुरुङ, मिस पर्सनालिटी सुप्रिया गुरुङ, मिस कन्फिडेन्ट सुनिला गुरुङ, मिस इन्टेलिजेन्ट फूलमाया गुरुङ, मिस फ्रेन्डशिप सपना घले, मिस लिडरशिप सम्पदा गुरुङ, मिस वेष्ट स्माइल सिर्जना गुरुङ, मिस ब्यूटीफुल ईशा गुरुङ, मिस चार्मिङ अनिता गुरुङ, मिस एक्टिभ सुमा गुरुङ, मिस इनोसेन्ट हिमाली गुरुङ र मिस इमानदार पवित्रा गुरुङ बन्न सफल हुनुभयो ।

विजेता, उपविजेता र अन्य विजेताहरूले उपाधिसहित विभिन्न गिफ्ट ह्पापर र पुरस्कार प्राप्त गरेका थिए । कार्यक्रमको निर्णयकमा वरिष्ठ अभिनेता सरोज खनाल वरिष्ठ गायक आनन्द कार्की, पूर्वडिआइजी डा.देउती गुरुङ, नृत्य कोरियोग्राफर केशव थापा र मैनुका राई रहनुभएको थियो ।

spot_img
spot_img
सम्बन्धित समाचारहरु
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Mauveine Tech-spot_img

धेरै पढिएको

spot_img
spot_img