ललितपुर, आइतबार, १५ भाद्र २०८२ । मिस नेपाल २०२५ को उपाधि लुना लुइटेलले जित्नुभएको छ ।
शनिबार ललितपुरको गोदावरीको सनराइज कन्भेन्सन सेन्टरमा सम्पन्न ग्रान्ड फिनालेमा मिस नेपालको ३१ औं संस्करणमा २५ सुन्दरीलाई पछि पार्दै लुना ‘मिस नेपाल वर्ल्ड’ बन्नुभएको हो। उहाँलाई पूर्वमिस नेपाल आस्मा कुमारी केसीले ताज लगाइदिनु भएको हो ।
मिस अर्थ सोनी घले बन्दा मिस नेपाल इन्टरनेसनको ताज उरूषा भण्डारीले पाउनुभयो ।
हिडन ट्रेजरले आयोजना यो प्रतियोगिता सम्पन्न भएको हो ।









