Wednesday, December 17, 2025
13.1 C
Kathmandu
spot_img
Homeदुर्घटनागोरखा बस दुर्घटना : घाइते सबैको परिचय खुल्यो

गोरखा बस दुर्घटना : घाइते सबैको परिचय खुल्यो

spot_img

गोरखा, मंगलबार, १७ भाद्र २०८२ । गोरखाको भीमसेन थापा गाउँपालिकाको तान्द्राङ टारीफाँटमा मङ्गलबार बिहान भएको बस दुर्घटनामा परी घाइते भएका सबैको परिचय खुलेको छ ।

प्रदेश–०१००६ ख. ४१३९ नम्बरको बस दुर्घटना हुँदा आरुघाट अस्पतालमा १७ र काठमाडौँमा चार जना गम्भीर घाइतेहरूको उपचार लागि पठाइएको छ ।

गम्भीर घाइते हुनेहरूमा अलि आलम विहार भारत, गाडी चालक जगबहादुर थापा मागर गण्डकी गाउँपालिका–२, गोरखा, दीपक गुरुङ गोरखा आरुघाट गाउँपालिका– ६ र दुर्गाबहादुर खत्री, गोरखा नगरपालिका–४ का सहचालक गम्भीर घाइते भई काठमाडौँ उपचारका लागि रेफर गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी निरीक्षक ध्रुवप्रसाद शर्माले जानकारी दिनुभयो ।

अन्य घाइतेहरूमा आरुघाट गाउँपालिका–५ का सन्तोष खड्का, आरुघाट गाउँपालिका –५ का यदुकुमार सोडारी, आरुघाट गाउँपालिका–४ का रोमन गुरुङ, धार्चे गाउँपालिका-५ की मेलिना गुरुङ, जलेश्वर–७ महोत्तरीकी सुजिता यादव, भीमसेन गाउँपालिका–२ का टेकप्रसाद भट्टराई धादिङ त्रिपुरासुन्दरी–२ का घमेन्द्र थापा, भारतका तप्पे आलम घाइते हुनुभएको छ ।

त्यस्तै, काभ्रेको तिमाल गाउँपालिका–८ का आकाश तमाङ, भीमसेन थापा गाउँपालिका–२, गोरखाका लोकनाथ भट्टराई, इलामका किसिन राई, चुमनुब्री गाउँपालिका–२ का छिरिङ लामा, भीमसेन थापा गाउँपालिका–२ गोरखाका सन्देश भट्टराई, भीमसेन थापा गाउँपालिका–२, गोरखाका सचिनबाबु भट्टराई, भीमसेन थापा गाउँपालिका–२ का गणेश भट्ट, आरुघाट गाउँपालिका – ४ का विशाल गुरुङ, धार्चे गाउँपालिका – २ गोरखाका घारे गुरुङको आरुघाटमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

गोरखाका प्रहरी निरीक्षक ध्रुव शर्माका अनुसार दुर्घटना परी रात्रिकालीन बसमा सवार २६ जनामध्ये पाँच दुर्घटना हुनुभन्दा पहिले नै झरिसकेकाले २१ जनामध्ये चार जना गम्भीर घाइते भई काठमाडौँ रेफर गरिएको छ । साथै दुर्घटनामा सबैभन्दा बढी भीमसेन थापा गाउँपालिका–२ का नागरिक घाइते भएको उहाँले बताउनुभयो ।

१७ जना घाइतेलाई तत्काल स्थानीय र इलाका प्रहरी कार्यालय आरुघाटका प्रहरी टोलीले उपचारका लागि आरुघाट आधारभूत अस्पतालमा उपचार भइरहेकाले आवश्यकताका आधारमा रेफर गर्ने जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

spot_img
सम्बन्धित समाचारहरु
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Mauveine Tech-spot_img

धेरै पढिएको

spot_img
spot_img