ललितपुर, सोमबार, २३ भाद्र २०८२ । यातायात व्यवस्था कार्यालय सवारीचालक अनुमतिपत्र एकान्तकुना ललितपुरबाट दुईपाङ्ग्रे सवारीसाधनको सवारी दर्ता प्रमाणपत्र (ब्लुबुक) नवीकरण सेवा सुरु भएको छ ।
२२ औँ निजामती सेवा दिवसका अवसरमा आइतबार आयोजित सेवा उद्घाटन कार्यक्रममा बागमती प्रदेशका श्रम, रोजगार तथा यातायातमन्त्री जयराम थापाले ब्लुबुक नवीकरण सेवाको उद्घाटन गर्नुभएको हो ।
मन्त्री थापाले सेवाग्राहीलाई एउटै कामका लागि फरक फरक कार्यालय धाउनुपर्ने बाध्यता हटाउन एकान्तकुना कार्यालयबाट पनि ब्लुबुक नवीकरण सेवा विस्तार गरिएको बताउनु भयो ।









