काठमाडौँ, मंगलबार, २४ भाद्र २०८२ । नेकपा (एमाले) को केन्द्रीय सदस्य उषाकिरण तिम्सेनाले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेकी छन् ।
जेन जेडको प्रदर्शनका क्रममा सरकारले व्यापक दमन गरेर १९ जनाको मृत्यु भएपछि नैतिकताका आधारमा पनि प्रधानमन्त्री पदमा बस्न नमिल्ने उनले बताएकी हुन् ।
‘गृहमन्त्रीले मात्र राजीनामा दिएर हुन्न, प्रधानमन्त्रीले पनि राजीनामा दिनु पर्छ,’ केन्द्रीय सदस्य तिम्सेनाले सामाजिक सञ्जाल फेसबुकमा भनेकी छन् ।
गृहमन्त्री रमेश लेखकले सोमबारको मन्त्रिपरिषद् बैठकमा पदबाट राजीनामा दिएका छन् ।









