Wednesday, January 14, 2026
8.1 C
Kathmandu
spot_img
Homeराजनीतिकांग्रेसका नेता डा. शेखरले दिए आफू निकटका मन्त्रीलाई राजीनामा गर्न निर्देशन

कांग्रेसका नेता डा. शेखरले दिए आफू निकटका मन्त्रीलाई राजीनामा गर्न निर्देशन

spot_img

काठमाडौँ, मंगलबार, २४ भाद्र २०८२ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो पक्षबाट मन्त्री भएकाहरूलाई राजीनामा गर्न आग्रह गरेका छन् ।

चीन भ्रमणमा रहेका डा. कोइराला भ्रमण छोट्याएर आज बेलुका नेपाल फर्कन लागेका छन् । कोइरालाले वर्तमान सरकारको औचित्य समाप्त भएको बताएका छन् ।

कांग्रेस संस्थापनइतरबाट वर्तमान सरकारमा पर्यटनमन्त्री बन्द्री पाण्डे, स्वास्थ्यमन्त्री प्रदीप पौडेल र खेलकुद् मन्त्री तेजुलाल चौधरी छन् ।

शेखर पक्षीय एक नेताले नेता कोइरालाले फोन गरेर राजीनामा गर्न निर्देशन दिएको जानकारी गराए । उनले भने, ‘शेखर दाइले आफ्नो पक्षबाट मन्त्री भएकालाई राजीनामा दिन भन्नुभएको छ । कृषि मन्त्री रामनाथ अधिकारी राजीनामा दिन लाग्नु भएको छ ।’

spot_img
सम्बन्धित समाचारहरु
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Mauveine Tech-spot_img

धेरै पढिएको

spot_img
spot_img