Thursday, January 15, 2026
5.1 C
Kathmandu
spot_img
Homeबिशेषसरकारविरुद्धको आन्दोलन चर्किएपछि देशव्यापी आगजनी र तोडफोड

सरकारविरुद्धको आन्दोलन चर्किएपछि देशव्यापी आगजनी र तोडफोड

spot_img

काठमाडौँ, मंगलबार, २४ भाद्र २०८२ । सरकारविरुद्धको आन्दोलन चर्किएपछि अहिले देशव्यापी आगजनी र तोडफोड भएको छ । संवेदनशील क्षेत्रहरु मानिएका प्रमुख दलका नेता र तीनका पार्टी कार्यालयहरु सुरक्षाकर्मीको नियन्त्रण बाहिर गएका छन् ।

राष्ट्रपति रामचन्द्र पौडेलको बोहोराटारस्थित निजी निवास, प्रधानमन्त्री केपी शर्मा ओलीको निजी निवास बालकोटमा प्रदर्शनकारीहरुले आगो लगाएका छन् ।

पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको निजी निवास बुढालीलकण्ठमा पनि आगजनी भएको छ । पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालको खुमलटारस्थित निवासमा तोडफोड भएको छ । मन्त्री निवास भैंसेपाटीमा पनि आगजनी भएको छ ।

परराष्ट्रमन्त्री आरजु देउवाको धनगढीस्थित निवास तोडफोड र आगजनी भएको छ । सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङको सुनाकोठीस्थित घरमा आगजनी भएको छ ।

ऊर्जामन्त्री दीपक खड्काको बुढानीलकण्ठ निवासमा आगजनी भएको छ । कांग्रेस महामन्त्री गगन थापाको रातोपुलस्थित निवासमा आगजनी भएको छ । एमालेका सचिव रघुविर महासेठको निवासमा आगजनी भएको छ । त्यस्तै एमाले नेता सुरेन्द्र पाण्डेको निवासमा पनि तोडफोड भएको छ ।

अहिले सुरक्षाकर्मीहरुले नेताहरुलाई सुरक्षित स्थानमा नेताहरुलाई ओसारिरहेका छन् ।

spot_img
सम्बन्धित समाचारहरु
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Mauveine Tech-spot_img

धेरै पढिएको

spot_img
spot_img