Saturday, February 7, 2026
8.1 C
Kathmandu
spot_img
Homeअपराधजेन जी आन्दोलनमा नेपाल टेलिकमको ७० हजार रिचार्ज कार्ड चोरी

जेन जी आन्दोलनमा नेपाल टेलिकमको ७० हजार रिचार्ज कार्ड चोरी

spot_img

काठमाडौँ, सोमबार, ३० भाद्र २०८२ । जेन जी आन्दोलनका क्रममा नेपाल टेलिकमको ७० हजार रिचार्ज कार्ड चोरी भएको छ । टेलिकमको गण्डकी प्रदेशस्थित महेन्द्रपुलमा रहेको भवनमा भदौ २४ गते तोडफोड तथा आगजनी हुँदा ठूलो संख्यामा रिचार्ज कार्ड चोरी भएको नेपाल टेलिकमले जनाएको छ।

कम्पनीले तोडफोड र चोरीका क्रममा हराएका रिचार्ज कार्डहरूको विवरण सार्वजनिक गर्दै ती कार्ड प्रयोग नगर्न आग्रह गरेको छ। साथै, फेला परेमा नजिकैको नेपाल टेलिकम कार्यालय वा प्रहरी कार्यालयमा बुझाइदिन समेत अनुरोध गरेको छ।

चोरी भएका रिचार्ज कार्डहरूमा 1125030123600001 देखि 1125030123606000 सम्मका ६० हजार, 1125030094510001 देखि 1125030094518000 सम्मका ८ हजार र अन्य 2 हजार वटा सयका र २ सय वटा ५० का रिचार्ज रहेको टेलिकमले जनाएको छ ।

नेपाल टेलिकमले उक्त रिचार्ज कार्डहरूको वितरण, बिक्री वा प्रयोग नगर्न विशेष अनुरोध गर्दै आम सर्वसाधारणलाई सतर्क रहन भनेको छ।

spot_img
सम्बन्धित समाचारहरु
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Mauveine Tech-spot_img

धेरै पढिएको

spot_img
spot_img