Wednesday, January 14, 2026
8.1 C
Kathmandu
spot_img
Homeसंसदसंसद् भवनबाट लुटिएका सामान फिर्ता गर्न संसद् सचिवालयको आग्रह

संसद् भवनबाट लुटिएका सामान फिर्ता गर्न संसद् सचिवालयको आग्रह

spot_img

काठमाडौँ, सोमबार, ३० भाद्र २०८२ । सङ्घीय संसद् सचिवालयले यही भदौ २४ गते भएको जेनजी युवाहरुको प्रदर्शनका क्रममा संसद् भवनबाट लुटिएका मालसामान फिर्ता गर्न आग्रह गरेको छ ।

सोमबार सङ्घीय संसद् सचिवालयको आन्तरिक सेवा तथा योजना शाखाले सूचना निकालेर प्रिन्टर, स्क्यानर, क्यामेरा, टेलिभिजन, मोनिटर, माइक, मिक्स्चर, स्पिकर, फोटोकपी मेसिन, विद्युतीय उपकरणलगायतका मालसामानहरू अनधिकृत व्यक्तिले लगेको भन्ने बुझिएकाले सो मालसामान फिर्ता गर्न आग्रह गरेको हो ।

यस्ता मालसामन रहेको स्थान वा व्यक्तिबारे जानकारी भएमा सङ्घीय संसद् सचिवालयमा सूचना दिन अनुरोध गरिएको योजना शाखाका उपसचिव अधिराज राईद्वारा जारी सूचनामा उल्लेख छ ।

यसैगरी, मालसामानहरू लगेको भिडियो भएमा उपलब्ध गराउन पनि अनुरोध गरिएको छ । भिडियो÷सूचना दिने व्यक्तिको परिचय गोप्य राखिने संसद् सचिवालयले जनाएको छ ।

यही भदौ २४ गते जेनजीको प्रदर्शनका क्रममा नयाँ बानेश्वरस्थित संसद् भवन र भवन परिसरमा रहेका सवारी साधनमाथि तोडफोड, आगजनी र लुटपाट भएको थियो ।

spot_img
सम्बन्धित समाचारहरु
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Mauveine Tech-spot_img

धेरै पढिएको

spot_img
spot_img