Saturday, February 7, 2026
8.1 C
Kathmandu
spot_img
Homeराष्ट्रियसरकारले बुधबार (असोज १ गते) शोक दिवस मनाउने निर्णय

सरकारले बुधबार (असोज १ गते) शोक दिवस मनाउने निर्णय

spot_img

काठमाडौँ, मंगलबार, ३१ भाद्र २०८२ । सरकारले बुधबार (असोज १ गते) शोक दिवस मनाउने निर्णय गरेको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले जेन-जी आन्दोलनमा ज्यान गुमाएकाहरूप्रति शोक मनाउने निर्णय गरेको हो ।

उक्त दिन सार्वजनिक बिदा दिने निर्णय पनि सरकारले गरेको छ । आन्दोलनमा ज्यान गुमाएकालाई सहिद घोषणा गर्दै उनीहरूलाई राष्ट्रिय सम्मानसहित अन्त्येष्‍टि गर्ने निर्णय पनि गरिएको गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिनुभयो ।

सरकारले सहिद भएकाका परिवारलाई क्षतिपूर्ति तथा राहतस्वरूप १५ लाख रुपैयाँ दिने भएको छ । यसअघि प्रत्येक मृतकका परिवारलाई १० लाख रुपैयाँ दिने घोषणा गरिएको थियो । मन्त्रिपरिषद् बैठकले थप पाँच लाख रुपैयाँ दिने निर्णय गरेको गृहमन्त्री अर्यालले जानकारी दिनुभयो ।

बैठकले जेन-जी आन्दोलनमा भएका घटनाको छानबिन गर्न उच्चस्तरीय न्यायिक जाँचबुझ आयोग गठन गर्ने निर्णय पनि गरेको छ । आन्दोलनमा ज्यान गुमाउने युवाहरूको सम्झनामा जेन-जी स्मारक पार्क बनाउने निर्णय पनि मन्त्रिपरिषद् बैठकले गरेको छ । त्यसैगरी जेन-जी आन्दोलनमा क्षति भएका संरचनाको पुनर्निर्माणका लागि पुनर्निर्माण कोष बनाउने निर्णय पनि गरिएको छ ।

यसैगरी, प्रहरी प्रधान कार्यालयले जेन-जी आन्दोलनका क्रममा ज्यान गुमाएका प्रहरीका परिवारलाई १० लाख रुपैयाँ दिने निर्णय गरेको छ । प्रहरी प्रवक्ता विनोद घिमिरेले जारी गरेको सूचनाअनुसार उनीहरूलाई आइजिपीदेखि प्रहरी निरीक्षकसम्मको तलब कट्टा गरेर उक्त राहत रकम दिन लागिएको हो ।

spot_img
सम्बन्धित समाचारहरु
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Mauveine Tech-spot_img

धेरै पढिएको

spot_img
spot_img