Wednesday, January 14, 2026
8.1 C
Kathmandu
spot_img
Homeअटो गतिबिधीआज विश्वकर्मा पूजा

आज विश्वकर्मा पूजा

spot_img

काठमाडौँ, बुधबार, १ आश्विन २०८२ । आज देशभर निर्माणका देवता विश्वकर्माको पूजा तथा वास्तु दिवस मनाइँदै छ । आश्विन संक्रान्तिका दिन यो दिवस मनाउने गरिन्छ । यसदिन कालीगढले विश्वकर्माको पूजाआजा गरी विश्वकर्मा दिवस मनाउँदै छन् । यस्तै, आजको दिनलाई वास्तु शास्त्रीले वास्तु दिवसका रूपमा मनाउने गर्दछन् । यसदिन कलकारखाना तथा गाडीलाई रंगीचंगी पार्नुका साथै विशेष पूजा गर्ने गरिन्छ ।

आजका दिन आफ्नो फलामे औजारको पूजा गर्नाले लामो समयसम्म टिक्ने जनविश्वास छ ।

द्वापर युगमा भगवान् कृष्णलाई राक्षसले दुःख दिएपछि विश्वकर्माले समुद्रको बीचमा ‘भेद द्वारका’ बनाइ लुकाएको धार्मिक विश्वास छ । एकै रातमा समुद्रको बीचमा ‘भेद द्वारका’को निर्माण गरेकाले विश्वकर्मालाई सफल वास्तुविद्का रूपमा मानी त्यसै समयदेखि पूजाआजा गर्ने परम्परा बसेको मानिन्छ । यही सम्झनामा नेपालका कालीगढहरूले आज भव्यरुपमा विश्वकर्मा बाबाको पूजा गरी उहाँको विद्वताको सम्मान गर्ने र यसो गरेमा आफूमा पनि विश्वकर्माको गुण प्राप्त हुने विश्वासका साथ पूजा गर्दछन् ।

विश्वकर्मालाई वास्तु विद्याका विशिष्ट ज्ञाताका रूपमा समेत मानिन्छ । सृष्टिको सुरक्षा र विश्व सञ्चालन हेतु भगवान् विश्वकर्माको पूजा अर्चना गरिन्छ । आज गाडी, वाहन, मेसिनरी चिजबिज र फलाम हात हतियार लगायतको विशेष पूजा गरिन्छ ।

यस्तै, आज राष्ट्रिय विज्ञान दिवस विविध कार्यक्रम गरेर मनाइँदै छ । तात्कालीन प्रधानमन्त्री डा. बाबुराम भट्टराईको नेतृत्वमा गठित संयुक्त सरकारले विसं २०६९ मा निर्णय गरेर विसं २०७० देखि राष्ट्रिय विज्ञान दिवस मनाउन थालिएको हो ।

नेपालमा विज्ञान शिक्षामा अग्रणी अमृत साइन्स क्याम्पसको स्थापना दिवसको अवसर पारेर विज्ञान दिवस मनाउन लागिएको हो । आज १३औँ राष्ट्रिय विज्ञान दिवस मनाइँदै छ ।

spot_img
सम्बन्धित समाचारहरु
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Mauveine Tech-spot_img

धेरै पढिएको

spot_img
spot_img