गोदावरी, बुधबार, १ आश्विन २०८२ । जेनजी पुस्ताको आन्दोलनमा मृत्यु भएकाको शोकमा गोदावरी नगरपालिका १४ न वडा कार्यालयको आयोजनामा दीप प्रज्वलन गरेको छ । १४ न वडा कार्यालयको प्राङ्गणमा वडा अध्यक्ष निरोज बज्राचार्यको अगुवाइमा वडा जनप्रतिनिधि, वडा सचीव शम्भु बस्याल, सञ्चारकर्मी, स्थानीय बासिन्दाको बाक्लो उपस्थितिमा श्रदाञ्जली सभासहित दीप प्रज्वलन गरेको हो ।

बुधबार साँझ भेला भएर मृतकका परिवार तथा जेनजी युवाहरुले देशैभरिका शहीदको सम्झनामा दीप प्रज्वलन गरेका हुन् । मृतकप्रति श्रदाञ्जली दिंदै उनीहरुले परिवाजनप्रति गहिरो समवेदना समेत व्यक्त गरेका छन् ।

गत भदौ २३ र २४ गते भएको भ्रष्टाचारविरोधी जेनजीको आन्दोलनको क्रममा देशैभरी ७४ जनाको मृत्यु भइसकेकाे छ । साेही आन्दोलनमा परी सयौं घाइते भएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे हाे ।









