Thursday, January 15, 2026
5.1 C
Kathmandu
spot_img
Homeआईपीएम फलोअपअब अनलाइन दर्ता र नवीकरण सूचना विभागबाट नै हुने

अब अनलाइन दर्ता र नवीकरण सूचना विभागबाट नै हुने

spot_img

काठमाडौँ, बिहीबार, ९ आश्विन २०८२ । अनलाइन न्यूज पोर्टल दर्ता तथा नवीकरण अव पुरानै व्यवस्थाअनुसार सूचना तथा प्रसारण विभागबाट गर्ने व्यवस्था सरकारले गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदिश खरेलले आजको मन्त्रिपरिषद बैठकबाट सो निर्णय भएको जानकारी दिनुभयो ।

प्रधानमन्त्री सुशीला कार्कीको सम्बोधन लगत्तै पत्रकारमाझ निर्णय सार्वजनिक गर्नुहुँदै मन्त्री खरेलले सो जानकारी गराउनुभएको हो । त्यसैगरी सरकारको प्रवक्तामा सञ्चार तथा सूचना प्रविधिमन्त्रीलाई तोक्ने निर्णय पनि मन्त्रिपरिषदबाट भएको उहाँले जानकारी दिनुभयो । सोहीअनुसार सुरक्षण मुद्रण नियमावली २०८२ लाई स्वीकृत गर्ने निर्णय भएको उहाँले जानकारी दिनुभयो ।

मन्त्री खरेलले जेनजी आन्दोलनका क्रममा ज्यान गुमाउनेहरुका परिवारलाई पाँच लाख रुपियाँको दरले क्षतिपूर्ति दिइने बताउनुभयो । त्यस्तै, मन्त्रिपरिषदको बाँकी निर्णय शुक्रबार ३ बजे मन्त्रालयमा पत्रकार सम्मेलन गरी जानकारी दिइने बताउनुभयो । प्रधानमन्त्रीको सम्बोधनअघि सिंहदरवारमा मन्त्रिपरिषद बैठक बसेको थियो ।

spot_img
सम्बन्धित समाचारहरु
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Mauveine Tech-spot_img

धेरै पढिएको

spot_img
spot_img