Wednesday, January 14, 2026
8.1 C
Kathmandu
spot_img
Homeपालिका विशेषसिंहदरबार पुनर्निर्माणका लागि ५ करोड र उपत्यका प्रहरी कार्यालयलाई १ करोड सहयोगको...

सिंहदरबार पुनर्निर्माणका लागि ५ करोड र उपत्यका प्रहरी कार्यालयलाई १ करोड सहयोगको घोषणा

spot_img

काठमाडौँ, शुक्रबार, १० आश्विन २०८२ । काठमाडौं उपत्यका मेयर्स फोरमले जेन जी आन्दोलनको क्रममा आगजनी, तोडफोड तथा लुटपाटको छानबिन गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।

शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै आन्दोलनको क्रममा भएको आगजनी तथा तोडफोडका घटनाको छानबिन गर्दै दोषीहरूमाथि कडा भन्दा कडा कारबाहीको माग गरेको हो ।

जेनजी पुस्ताले देशमा भ्रष्टाचार अन्त्य र सुशासन कायम हुनुपर्ने माग राख्दै भएको आन्दोनलमा घुसपैठ भएको फोरमको निष्कर्ष रहेको काठमाडौं उपत्यका मेयर्स फोरमका अध्यक्ष एवं ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जनले जानकारी गराएका छन् ।

आन्दोलनको नाममा सिंहदरबार, संसद भवन, सर्वोच्च अदालत, नगरपालिकाका भवन लगायतका सार्वजनिक सम्पत्तिमा भएको तोडफोड र आगजनी निन्दनीय रहेको उनले बताए ।

काठमाडौं उपत्यका मेयर्स फोरममा ३ गाउँपालिकासहित १८ वटा स्थानीय तह छन् । तर, फोरमको बैठक एवं गतिविधिमा काठमाडौंका मेयर बालेन भने अनुपस्थित हुँदै आएका छन् ।

मेयर्स फोरमले सिंहदरबार पुनर्निर्माणका लागि ५ करोड सहयोग गर्ने र सुरक्षा व्यवस्था सुदृढ गर्न उपत्यका प्रहरी कार्यालयलाई एक करोड रूपैयाँ सहयोग गरिने जानकारी दिए ।

तोडफोडमा परेका प्रहरी चौकी तथा नगरपालिकाहरूको सेवा प्रवाह सहज बनाउन आवश्यकताका आधारमा थप सहयोग गरिने पनि उनले बताए । मेयर्स फोरमले संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्दै भ्रष्टाचार अन्त्य र सुशासन स्थापनाका लागि युवा पुस्ताले राखेका मागप्रति ऐक्यवद्धता जनाएको छ ।

spot_img
सम्बन्धित समाचारहरु
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Mauveine Tech-spot_img

धेरै पढिएको

spot_img
spot_img