बहराईन, आइतबार, १९ असोज २०८२ । गोरखा समाज बहराईनको आयोजनामा प्रवासमा भए पनि शुभकामना आदान प्रदान गरेर बडा दशै भब्य रुपमा मनाएका छ्न ।

२०२५ अक्टोबर महिनाको ३ गते शुक्रबारका दिन समाजका प्रमुख सल्लाहाकार पदम कुमार गुरुङको कार्यलयमा कार्यबाहाक अध्यक्ष श्रीमती नन्दा गुरुङको अध्यक्षतामा शुभ बिजया दशमी २०८२ को शुभकामना आदान प्रदान गरी हर्ष उल्लासका साथ सम्पन्न भएको सस्थापक अध्यक्ष अन्जन बाबू श्रेष्ठले बताउनु भयो ।

समाजका बरिस्ठ सल्लाहकार राम प्रसाद घले तथा प्रथम उपाध्यक्ष श्रीमती सुस्मिता सानुद्वारा बिधिबत रुपमा दुर्गा माताको पुजा पश्चात बरिस्ठ सल्लाहकार तथा जेष्ठ सद्स्य राम प्रसाद घलेबाट उपस्थित सबै जनालाई आशीर्वाद सहित २०८२ सालको बडा दशैको टीका र जमरा लगाई शुभकामना आदान प्रदान गर्नु भयो ।

कार्यबाहक अध्यक्ष श्रीमती नन्दा गुरुङले दशैको शुभकामना दिनुहुँदै उहाँले हरेक घरमा सुख, शान्ति र समृद्धिको आशीर्वाद पुग्दै हाम्रो समाजलाई सभ्य, प्रगति र समृद्धिको दिशातर्फ अघि बढाउन सघाओस् भन्ने शुभेच्छा व्यक्त गर्नुभयो ।

उहाँले पर्वमा तडकभडक र फजुल खर्च नगरी आफ्नो गच्छअनुसार पर्व मनाउन समेत प्रेरित गर्नुभयो । उहाँले पर्वले शान्ति, स्थिरता र समृद्धिको ढोका खोल्ने आशा व्यक्त गर्नुभएको छ । चुनौतीहरूको यो परिवेशलाई अवसरमा बदल्न दसैँले दिने संयम्, साहस र सहकार्यको प्रेरणाले सबैलाई ऊर्जा प्रदान गर्नेछ भन्ने विश्वास उहाँले लिनुभएको छ ।

कार्यक्रम संचालन महासचिब कर्ण गुरुङले गर्नु भएको थियो ।








