Tuesday, November 18, 2025
12.1 C
Kathmandu
Homeपालिका विशेषपृथ्वीराजमार्गको आँबुखैरेनीमा सडक भासियो

पृथ्वीराजमार्गको आँबुखैरेनीमा सडक भासियो

तनहुँ, आइतबार, १९ आश्विन २०८२ । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–४ साँखरमा सडक भासिएको छ । शनिबार बिहानैदेखि परेको वर्षाका कारण उक्त ठाउँको सडक भासिएपछि आँबुखैरेनी–मुग्लिन सडक एकतर्फी सञ्चालन भएको छ ।

इलाका प्रहरी कार्यालय आँबुखैरेनीका प्रहरी निरीक्षक टेकप्रसाद सुवेदीले अपरान्ह ४ बजेतिर सडक भासिएको जानकारी दिनुभयो । दुवैतर्फ प्रहरी राखेर सुरक्षित रुपमा एकतर्फी रुपमा सवारी साधन आवतजावतको व्यवस्था मिलाइएको उहाँको भनाइ छ । तर रातिको समयमा यस ठाउँमा जोखिम भएकाले यात्रा नगर्न उहाँले आग्रह गर्नुभयो ।

विसं २०७९ जेठ २७ गते सोही ठाउँमा सडक भासिएपछि भित्ता काटेर मस्र्याङ्दी नदीतर्फबाट पर्खाल उठाइएको थियो । सोही ठाउँमा पुनः सडक भासिएको प्रहरीले जनाएको छ ।

spot_img
सम्बन्धित समाचारहरु
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Mauveine Tech-spot_img

धेरै पढिएको

spot_img
spot_img