Tuesday, November 18, 2025
12.1 C
Kathmandu
Homeपालिका विशेषपालुङटार नगरपालिकामा कृषि एम्बुलेन्स सञ्चालन

पालुङटार नगरपालिकामा कृषि एम्बुलेन्स सञ्चालन

गोरखा, शुक्रबार, ३१ आश्विन २०८२ । गोरखाको पालुङटार नगरपालिकामा कृषि एम्बुलेन्स सञ्चालनमा आएको छ । स्थानीय किसानले उत्पादन गरेका कृषि उत्पदानलाई सहजै रुपमा बजारसम्म पुर्‍याउन बिहीबारबाट कृषि एम्बुलेन्स सञ्चालनमा ल्याइएको पालुङटार नगरपालिकाका नगर प्रमुख विवश चिन्तनले जानकारी दिनुभयो ।

नगरपालिकाभित्रका किसानहरुलाई व्यवसायिक कृषि उत्पदानमा लाग्न हौसला दिन तथा कृषि उत्पादनमा अभिवृद्धि गरी पालिकालाई आत्मनिर्भर बनाउन कृषि एम्बुलेन्स सञ्चालनमा ल्याइएको नगरप्रमुख चिन्तनको भनाइ छ ।

पालुङटार नगरपालिकामा १० वटा वडामा उत्पादन हुने कृषि उपजलाई हरेक बिहीबार सञ्चालन हुने हाट बजारमा ल्याउन कृषि एम्बुलेन्स सञ्चालन गरी किसानलाई सहजीकरण गरेको नगरपालिका कृषि शाखा प्रमुख सङ्कल्प न्यौपानेले बताउनुभयो ।

पालिकाको कृषि एम्बुलेन्स टोल टोलमा पुग्ने न्यौपानेको भनाइ छ । ‘कृषि एम्बुलेन्स टोलमा पुगेपछि कम्तीमा किसानहरुले टिप भरिने गरी कृषि उपजहरु हुनुपर्ने पालिकाले नीति नै बनाएको कृषि शाखा प्रमुख न्यौपानेले बताउनुभयो ।

किसानले उत्पादन गरेका कृषि उपज कृषि एम्बुलेन्सले निःशुल्क रुपमा हाट बजारसम्म ढुवानीको व्यवस्था गरेको नगरपालिकाले जनाएको छ । हाट बजारभन्दा बाहिर कतै किसानले बिक्री वितरण गर्न चाहेमा नगरपालिकाले न्यूनतम मूल्यमा पनि ढुवानीको व्यवस्था गरिएको बताइएको छ ।

नगरपालिकाको स्वामित्वमा रहेको भेनलाई कृषि एम्बुलेन्सको रुपमा प्रयोग गरिएको नगरपालिकाले जनाएको छ । नगरपालिकामा हाट बजार र कृषि एम्बुलेन्स सञ्चालनमा आएपछि किसानहरु कृषि र पशुपालनतर्फ फर्म दर्ता गरी कृषि तथा पशुपालन गर्नेको सङ्ख्या बढ्दै गएको नगरपालिकाले जनाएको छ ।

spot_img
सम्बन्धित समाचारहरु
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Mauveine Tech-spot_img

धेरै पढिएको

spot_img
spot_img