Tuesday, November 18, 2025
12.1 C
Kathmandu
Homeबिशेषपहिलोचोटी अन्तर्राष्ट्रिय तमू (गुरुङ) परिषद सचिवालय गठन, महासचिवमा अधिवक्ता राजु गुरुङ

पहिलोचोटी अन्तर्राष्ट्रिय तमू (गुरुङ) परिषद सचिवालय गठन, महासचिवमा अधिवक्ता राजु गुरुङ

काठमाडौँ, शुक्रबार, ७ कात्तिक २०८२ । पहिलोचोटी अन्तर्राष्ट्रिय तमू (गुरुङ) परिषद सचिवालय सदस्य गठन गरेको छ । अन्तर्राष्ट्रिय तमू (गुरुङ) परिषद (ITC) ले आफ्नो ७औं स्थापना दिवसको अवसरमा पहिलो भर्चुअल बैठकमार्फत सचिवालय सदस्यहरूको चयन गरेको हो ।

परिषद्का अध्यक्ष आनन्द गुरुङको अध्यक्षतामा सम्पन्न सो बैठकमा प्रमुख अतिथि राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका कार्यवाहक अध्यक्ष जुद्ध बहादुर गुरुङ रहनुभएको थियो ।

बैठकले परिषद्को सचिवालय सदस्यहरूलाई निर्विरोध निर्वाचित गर्दै नयाँ कार्यदल गठन गरेको छ । परिषदका अध्यक्ष आनन्द गुरुङको नेतृत्वमा उपाध्यक्ष प्रदीप गुरुङ(अमेरिका), महासचिव अधिवक्ता राजु गुरुङ (नेपाल), सचिव रुपा गुरुङ (दक्षिण कोरिया), कोषाध्यक्ष इन्स्पेक्टर गंगाबहादुर गुरुङ (नेपाल) सदस्यहरू हिउपति गुरुङ (अष्ट्रेलिया), इन्जिनियर ओमबहादुर गुरुङ (अमेरिका), खुशी क्ल्हे गुरुङ (इजरायल) र चन्द्रप्रसाद गुरुङ (कतार) रहेका छन् ।

त्यसैगरी, परिषदमा बेल्जियम, हङकङ र भारतबाट प्रतिनिधि चयन हुन बाँकी रहेको र आगामी बैठकमा बाँकी सदस्यहरूलाई समावेश गरी सचिवालयलाई पूर्णता दिइने महासचिव अधिवक्त राजु गुरुङले बताउनुभयो ।

बैठक तमू ह्युल छोंज धीँका केन्द्रीय महासचिव अधिवक्ता राजु गुरुङले सञ्चालन गर्नुभएको थियो। परिषद् स्थापना दिवसको अवसरमा आयोजित यस ऐतिहासिक भर्चुअल बैठकमा अमेरिका, बेलायत, हङकङ, इजरायल, सिंगापुर, जापान लगायतका मुलुकहरूबाट प्रतिनिधिहरू अनलाईन जुम बैठकमा सहभागी हुनु भएको थियो ।

spot_img
सम्बन्धित समाचारहरु
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Mauveine Tech-spot_img

धेरै पढिएको

spot_img
spot_img