Tuesday, November 18, 2025
12.1 C
Kathmandu
Homeबिशेषजापानले सिन्धुली सडकको पुनर्निर्माणका लागि २.६ अर्ब रुपैयाँ सहयोग गर्ने

जापानले सिन्धुली सडकको पुनर्निर्माणका लागि २.६ अर्ब रुपैयाँ सहयोग गर्ने

काठमाडौँ, बिहीबार, १३ कात्तिक २०८२ । जापान सरकारले बाढीबाट प्रभावित सिन्धुली सडकको आपत्कालीन पुनर्निर्माणको लागि २.६ अर्ब रुपैयाँ अनुदान सहयोग गर्ने भएको छ । उक्त सहयोग नेपाललाई गर्ने सम्बन्धमा बिहीबार दुई देशका अधिकारीहरूबीच एक समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

अर्थमन्त्री रामेश्वर खनाल र गृहमन्त्री ओमप्रकाश अर्यालको उपस्थितिमा दुई देशका अधिकारीले हस्ताक्षर गरेका थिए ।

नेपालका लागि जापानका राजदूत मैदा तोरु र अर्थ मन्त्रालयका सचिव घनश्याम उपाध्यायले अनुदानको लागि नोट आदानप्रदानमा हस्ताक्षर गरेका थिए ।

सिन्धुली सडक १६० किलोमिटर लामो छ । यसले मध्य र पूर्वी तराईलाई राजधानी काठमाडौंसँग जोड्छ । यसको निर्माण सन् १९९५ देखि २०१५ सम्म जापानी अनुदान सहयोग (२५.८ अर्ब येन) मा भएको थियो ।

यस सडकले नेपालको आर्थिक वृद्धिमा योगदान पुर्‍याएको विश्वास काठमाडौंस्थित जापानी दूतावासले बिहीबार जारी विज्ञप्तिमा उल्लेख छ ।

सेप्टेम्बर २०२४ मा निरन्तर भारी वर्षाका कारण आएको बाढीले सिन्धुली सडकमा क्षति पुर्‍याएको थियो । बाढीले १० किलोमिटरभन्दा बढी सडक बगाएको थियो ।

यो परियोजना नेपालको लागि दिगो आर्थिक विकास हासिल गर्न र जापान र नेपाल बीचको सौहार्दपूर्ण सम्बन्धलाई अझ मजबुत बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास जापानी दूतावासले व्यक्त गरेको छ ।

spot_img
सम्बन्धित समाचारहरु
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Mauveine Tech-spot_img

धेरै पढिएको

spot_img
spot_img