Tuesday, November 18, 2025
12.1 C
Kathmandu
Homeअर्थ व्यवसायपेट्रोलियम पदार्थको नयाँ मूल्य सूची सार्वजनिक

पेट्रोलियम पदार्थको नयाँ मूल्य सूची सार्वजनिक

काठमाडौँ, शनिबार, १५ कात्तिक २०८२ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको नयाँ मूल्य सूची सार्वजनिक गरेको छ ।

निगम सञ्चालक समितिको शुक्रबार बसेको बैठकको निर्णयअनुसार डिजेल र मट्टितेलको मूल्य एक रुपैयाँ घटाइएको छ भने पेट्रोलको मूल्य यथावत राखिएको छ ।

गएराति १ बजेदेखि लागू हुने गरी निगमले हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर रु एक र हवाई इन्धन अन्तरराष्ट्रियतर्फ काठमाडौँका लागि प्रतिकिलोलिटर अमेरिकी डलर सातले बढाएको छ । निगमनले यसपाली इण्डियन आयल कर्पोरेशनबाट पेट्रोलियम पदार्थको नयाँ खरिद मूल्यअनुसार प्रतिलिटर पेट्रोलमा रु ०.०३ र हवाई इन्धनमा प्रतिलिटर रु ०.८६ ले बढेर तथा डिजेलमा प्रतिलिटर रु १.१९ ले घटेर आएकाले मूल्य समायोजन गरिएको जनाएको छ ।

हेर्नुहोस् मूल्य सूची

spot_img
सम्बन्धित समाचारहरु
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Mauveine Tech-spot_img

धेरै पढिएको

spot_img
spot_img